Nov 02 2026 | २०८३, कार्तिक १७ गते

Nov 02 2026 | २०८३, कार्तिक १७ गते

टिम नेपोको ११औँ वार्षिक साधारण सभाबाट तनहुँका लौडारी केन्द्रीय सहसचिवमा निर्वाचित

  • 161
    SHARES
  • 161 Shares
  • दमौली १४ कार्तिक
    टिम नेपोको ११औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। साधारण सभाले आगामी तीन वर्षे कार्यकाल २०२७–२०३० का लागि नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ।  साधारण सभाबाट अशोक गौतम केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यसैगरी, उपाध्यक्षमा आयुष सापकोटा, सचिवमा शोभित जंग शाही, कोषाध्यक्षमा प्रवेश पण्डित तथा सहसचिवमा तनहुँका सुजन लौडारी निर्विरोध निर्वाचित हुनुभएको छ। केन्द्रीय कार्यसमिति सदस्यमा रञ्जना कामी र सृष्टिना चौलागाईं निर्वाचित हुनुभएको छ।  तनहुँ जिल्लाबाट प्रतिनिधित्व गर्दै केन्द्रीय सहसचिवको जिम्मेवारीमा निर्वाचित हुनुभएका लौडारी युवा नेतृत्व विकास, सामाजिक सेवा तथा संस्थागत गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ।  नवनिर्वाचित कार्यसमितिले संस्थाको उद्देश्य, नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै युवाको क्षमता विकास, नेतृत्व निर्माण, सामाजिक उत्तरदायित्व र समुदायको सकारात्मक रूपान्तरणका क्षेत्रमा नयाँ योजनासहित काम गर्ने अपेक्षा गरिएको छ। ११औँ वार्षिक साधारण सभाबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार