Nov 03 2026 | २०८३, कार्तिक १८ गते

Nov 03 2026 | २०८३, कार्तिक १८ गते

भिमादमा सयपत्री फूल खेतीतर्फ आकर्षण बढ्दै ः भण्डारणको अभावले किसान चिन्तित

  • 141
    SHARES
  • 141 Shares
  • भिमाद १३ असोज
    तिहारलाई लक्षित गरी तनहुँको भिमाद नगरपालिका वडा नं। ५ र ६ मा स्थानीय कृषकहरू सयपत्री फूल खेतीमा जुटेका छन्। स्थानीय स्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वमा बाहिरबाट आयात हुने फूलको विकल्पका रूपमा आफ्नै ठाउँमा उत्पादित फूल प्रयोग गर्न सकिने भएको छ।
    भिमाद नगरपालिका वडा नं। ६ बाग्टार बाँघ कुनामा रेनु थापा, सिमबोट जलौदीमा जानुका थापा बद्री गैह्रे,तथा ऋषिङ पाटनमा बालकृष्ण गैह्रेले सयपत्री फूल खेती गरेका छन्। तीनै जना कृषकले करिब दुई–दुई रोपनी क्षेत्रफलमा फूल खेती गरेको जनाइएको छ।
    फूल खेतीप्रति कृषकहरूको बढ्दो आकर्षणलाई प्रोत्साहन गर्न भिमाद नगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोगसमेत गर्दै आएको छ। स्थानीय उत्पादनको प्रयोगले कृषकलाई प्रोत्साहन मिल्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
    चाडपर्वपछि फूलको व्यवस्थापन चुनौती
    चाडपर्वलाई लक्षित गरी उत्पादन गरिएको फूल समयमै बिक्री नहुँदा र टिप्ने समय नजिकिँदै जाँदा त्यसलाई ताजा राख्ने चुनौती कृषकसामु देखिएको छ। उचित भण्डारणको व्यवस्था नहुँदा ठूलो लगानी र मेहनतबाट उत्पादन गरिएको फूल खेर जाने तथा आर्थिक क्षति व्यहोर्नुपर्ने जोखिमसमेत छ।
    भिमाद नगरपालिकाले फूल खेतीलाई प्रोत्साहन गर्न थालेसँगै यसको उत्पादन, बजारीकरण र भण्डारणमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी फूल लामो समयसम्म ताजा राख्न सकिने चिस्यान केन्द्रको व्यवस्था गर्न सके कृषकलाई उत्पादन खेर जाने चिन्ताबाट राहत मिल्ने थियो।
    स्थानीय स्तरमा उत्पादन भएको फूललाई प्राथमिकता दिँदै बाहिरबाट आयातित फूलको सट्टा आफ्नै ठाउँमा उत्पादित फूल प्रयोग गर्न सके कृषकको मेहनतको सम्मान हुनुका साथै उनीहरूलाई व्यावसायिक फूल खेतीतर्फ थप आकर्षित गर्न सकिनेछ। राजन रिमालबाट
    स्थानीय सयपत्री फूल आवश्यक परेमा सम्पर्क 
    रेनु थापा — ९८१६१५१७१५
    जानुका थापा — ९८४६०८१६५६
    बद्रिनाथ गैह्रे — ९८४६६२९१८०
    बालकृष्ण गैह्रे — ९८४६८८१८५३ एकता टोल भविष्य निमाण महिला समुह कृषि विकास शाखा भिमाद 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार