Oct 27 2026 | २०८३, कार्तिक ११ गते

Oct 27 2026 | २०८३, कार्तिक ११ गते

आन्तरिक राजश्व कार्यालय दमौलीको भवन ५ बर्षमा ४२ प्रतिशत काम ः निर्माण कम्पनी सम्पर्क बिहीन,भवन अलपत्र

  • 194
    SHARES
  • 194 Shares
  • जनचाहना न्यूजन
    तनहुँ १८ साउन 
    निर्माण कम्पनीका कारण आन्तरिक राजश्व कार्यालय दमौलीको नवनिर्मित भवन पाँच बर्षदेखि अलपत्र बनेको   छ । भवन निर्माणको जिम्मा पाएको ओम इन्फ्राटेक हिमज्योति जेभी सम्पर्क बिहीन भएपछि  निर्माण कार्य प्रभावित भएको हो । 
    विसं २०७८ भदौ २२ गते अठ्ठार महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएको सो कार्यालयले जनाएको छ । भवनको हालसम्म मुश्किलले ४२ प्रतिशत कार्य भएको छ । 
    रु.पाँच करोड बीस लाख मूल्य अभिवृद्धि कर बाहेक निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको कार्यालय प्रमुख डा.लालबहादुर खत्रीले जानकारी दिनुभयो । 
    उहाँले भन्नुभयो “निर्माण कम्पनीलाई कामको आधारमा रु.दुई करोड २८ लाख भुक्तानी गरिसकिएको छ,भुक्तानीको कुनै समस्या छैन् ।”
    सुरुमा गरिएको सम्झौता म्याद सकिएपछि बीचमा एक बर्ष म्याद थप गरिएको थियो,उहाँले भन्नुभयो “त्यसपछि पनि काम सुरु भएन्,धेरै पटक पत्रचार गरियो सम्पर्कमा आएका छैनन्,काम गर्ने इच्छा समेत देखाएको छैनन् ।” 
    थपिएको म्याद पनि सकिएको छ,म्याद थपको लागि प्रक्रियामा जानुपर्ने भएपनि प्रक्रियामा नगएकाले भवन अलपत्र बनाउने कार्य मात्रै भइरहेको छ । 
    केही महिना कुर्छौं,त्यसपछि ठेक्का तोड्ने प्रक्रियामा जाने सोच बनाइएको उहाँले बताउनुभयो । प्राविधिकबाट अधुरो भवनको बाँकी कामको इष्टिमेट गरी नयाँ ठेक्कामा जानुपर्ने देखिएको छ,उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार