Oct 27 2026 | २०८३, कार्तिक ११ गते

Oct 27 2026 | २०८३, कार्तिक ११ गते

काठमाण्डौं उपत्यकामा मात्रै मापसे र लापसे गरी सवारी चलाउने एक हजार २०६ चालक कारबाहीमा

  • 119
    SHARES
  • 119 Shares
  •                                                   फाइल फोटो
    काठमाडौँ १० कार्तिक
    काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार २०६ जना चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आज कात्तिक ९ गतेसम्मको अवधिमा मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने एक हजार १६५ जना र लागुपदार्थ सेवन ९लापसे० गरी सवारी चलाउने ४१ जनालाई कारबाही गरिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेकामध्ये ६६ जना सार्वजनिक सवारीका चालक छन् ।
    त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ४१ जना सार्वजनिक सवारीका चालक रहेको उहाँले जानकारी दिनुभयो ।
    मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउनु गैरकानुनी कार्य भएकाले संलग्न चालकलाई ट्राफिक ऐनअन्तर्गत कारबाही गरिएको प्रमुख काफ्लेले बताउनुभयो ।
    मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्नसक्ने भन्दै ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार