Oct 27 2026 | २०८३, कार्तिक ११ गते

Oct 27 2026 | २०८३, कार्तिक ११ गते

एल क्लासिको ः  एमबाप्पेको दुई गोलमा रियल मड्रिडको सानदार जित

  • 203
    SHARES
  • 203 Shares
  • क्याम्प नोउ ९ कार्तिक
    स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ भिडन्तमा रियल मड्रिडले बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको घरेलु मैदान स्पोटिफाइ क्याम्प नोउमा आइतबार राति भएको रोमाञ्चक खेलमा रियल मड्रिडलाई जित दिलाउन फ्रान्सेली स्टार फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरे । 
    यस जितसँगै प्रशिक्षक जोसे मोरिन्होको नेतृत्वमा रहेको रियल मड्रिडले लिग लिडर बार्सिलोनासँगको अंक दुरी ३ मा झारेको छ । ला लिगाको यस सिजनमा बार्सिलोनाको यो पहिलो हार हो । यसअघि खेलिएका सुरुवाती ९ वटै खेलमा जित निकाल्दै हन्सी फ्लिकको टोली उत्कृष्ट लयमा रहेको थियो ।
    प्रतिस्पर्धात्मक खेलको ४१औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १(० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा खेललाई बराबरीमा ल्यायो। खेलको ६१औँ मिनेटमा पेड्रिको पासलाई सदुपयोग गर्दै राफिन्हाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
    खेल बराबरीतर्फ धकेलिरहेका बेला ८७औँ मिनेटमा एमबाप्पेले पुनः व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडको जित सुनिश्चित गरे । जुड बेलिङ्घम र एडुआर्डो कामाभिङ्गाको उत्कृष्ट पास बललाई सदुपयोग गर्दै एमबाप्पेले निर्णायक गोल गरेका हुन् । 
    खेलमा ६२ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेर १७ पटक सट प्रहार गरे पनि बार्सिलोनाले हार टार्न सकेन । पराजितका बाबजुद बार्सिलोना १० खेलबाट २७ अंकसहित तालिकाको शीर्ष स्थानमै यथावत छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २५ अंक छ भने जितका बावजुद रियल मड्रिड २४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । नेपाल प्रेसबाट

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार