Oct 27 2026 | २०८३, कार्तिक ११ गते

Oct 27 2026 | २०८३, कार्तिक ११ गते

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै ः प्रतियोगितामा बिजेताले रु.१ करोड ५० लाख पाउने

  • 118
    SHARES
  • 118 Shares
  • काठमाडौं ९ कार्तिक
     तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । सो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुनेछ । करिब एक महिनासम्म चल्ने प्रतियोगिताका लागि आयोजक नेपाल क्रिकेट संघ ९क्यान०ले व्यापक परिवर्तन ल्याएको छ । पहिलो पटक डीआरएस प्रणाली लागू गरिएको छ । यस्तै, विदेशी स्टार खेलाडीहरूको आगमनले प्रतियोगितालाई थप स्तरीय बनाएको छ । 
    प्रतियोगितामा आठ टोली सहभागी छन् । पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो सिजनमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो । प्रतियोगिताको विजेताले १ करोड ५० लाख तथा उपविजेताले ८० लाख प्राप्त गर्नेछन् । यस्तै, तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० र ३० लाख प्राप्त गर्नेछन् । नेपाल प्रेसबाट

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार