बन्दीपुर, तनहुँ
नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं। १ बाट महाधिवेशन प्रतिनिधिको जनजाति क्लस्टर तर्फ बैंस गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ। बन्दीपुर निवासी गुरुङले ूजनजातिको गौरव, समावेशी कांग्रेसू र ूजनताको साथ, सबैको कांग्रेस ( राष्ट्रियता, लोकतन्त्र, समाजवादू भन्ने नारा सहित उम्मेदवारी घोषणा गर्नुभएको हो। लामो समयदेखि पार्टी संगठनमा सक्रिय, युवा र जनजाति समुदायमा लोकप्रिय गुरुङलाई विजयी गराउन कार्यकर्ताहरुले आह्वान गरेका छन्।