जनचाहना न्यूज
दमौली ९ असोज
नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नं। १ बाट महाधिवेशन प्रतिनिधि पदमा उमा गोतामेले उम्मेदवारी घोषणा गर्नुभएको छ।
भानु नगरपालिकाको उपप्रमुख तथा भानुकी उमा गोतामेले दलित तर्फबाट महाधिवेशन प्रतिनिधि पदको लागि उम्मेदवारी दिनु हुने भएको हो। उहाँले ूएकता, सहकार्य र समावेशी नेतृत्वका लागि १५औं महाधिवेशनू भन्ने नारा सहित उम्मेदवारी सार्वजनिक गर्नुभएको छ। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा ूपुस्तान्तरण, रुपान्तरण सहित परिवर्तनलाई संस्थागत गर्दै विजय यात्रामा सधैं सँगै रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। आफूलाई अमूल्य मत दिएर विजयी गराइदिन अनुरोध गर्नु भएको छ।