Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भोटेकोशी बाढी पी,,डितमा ज्या,न गुमा,एकाको सम्झनामा युकेमा दीपप्रज्वलन तथा श्रद्धाञ्जली सभा

  • 218
    SHARES
  • 218 Shares
  • लेस्टर युके २१ भदौ 
    नेपालमा हालै गएको विनाशकारी बाढी र पहिरोमा परी ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेलायतको लेस्टर शहरमा एक दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। सृजनशील लेस्टर नेपाल युकेको आयोजनामा टाउन हल स्क्वायरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
    कार्यक्रममा सहभागीहरूले नेपालको राष्ट्रिय झण्डा वरिपरि मैनबत्ती र फूलहरू सजाएर बाढीपीडितहरूप्रति शोक र ऐक्यबद्धता व्यक्त गरेका थिए। नेपाली समुदायको यो दुःखी घडीमा ऐक्यबद्धता जनाउन स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा विशेष व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संसद सदस्य शिवानी राजा, लेस्टरका लर्ड मेयरस् कुलविन्डर सिंह जोहल,काउन्सिलरस् भुपेन्द्र दवे, क्राइम कमिशनरस् रुपर्ट म्याथ्यु,शान्तिधाम लेस्टर अध्यक्ष बिनोड पोपट, ब्रिट्स देसी सोसाइटीस् अध्यक्ष रिशु वालिया, मिडिया प्रतिनिधिस् पुकार न्युजका रुमेल र आइटीभी न्युजका राजीवलगायत विभिन्न संस्था, पूर्व अध्यक्षहरू तथा समुदायको ऐक्यबद्धता रहेको थियो । 
    संस्थाका अध्यक्ष शिव पराजुलीको नेतृत्वमा तथा महासचिव वरुण भण्डारीले कार्यक्रम सञ्चालन गरी सम्पन्न गरिएको उक्त श्रद्धाञ्जली सभामा सृजनशील लेस्टर नेपाल युकेका संस्थापक अध्यक्ष राजु कँडेल, पूर्व अध्यक्षहरू दयानिधि सापकोटा, बलराम चापागाईं र पुण्डरी अर्यालको उपस्थिति थियो। त्यसैगरी बुद्ध फाउन्डेसन युकका सुरेन रुपाखेती लगायत नेपाली समुदायका अग्रज, महिला, युवा तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। तत्काल आर्थिक सहयोग र अन्य समुदायसँग समन्वय  गरिने सो अवसरमा प्रतिबद्धता जनाएका थिए । 

    uk 1.jpg
    undefined


    कार्यक्रमका अवसरमा जानकारी गराइएअनुसार, सृजनशील लेस्टर नेपाल युकेले बाढीपीडितहरूको उद्धार र राहतका लागि तत्कालै २ लाख नेपाली रुपैयाँ नेपाल सरकारको आधिकारिक राहत कोषमा जम्मा गरेको छ। यसका साथै, नेपालको यस विपत्तिमा थप सहयोग र ऐक्यबद्धता जुटाउन स्थानीय बेलायती नागरिक, विभिन्न संघसंस्था तथा अन्य मूलधारका समुदायहरूसँग पनि निरन्तर छलफल र समन्वय भइरहेको आयोजकले जनाएको छ।
    कार्यक्रमका वक्ताहरूले प्राकृतिक विपत्तिको यो कठिन समयमा प्रवासमा रहेका नेपालीहरू आफ्नो मातृभूमिको दुःखमा सधैँ साथमा रहेको बताए। सहभागीहरूले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार