Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एनपीएल ः पोखराको लगातार चौथो हार, चितवन ३० रनले विजयी

  • 119
    SHARES
  • 119 Shares
  • तस्बिरः घनश्याम श्रेष्ठररासस
    काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग ९एनपीएल० मा दोस्रो जित दर्ता गरेको छ । चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको हो । योसँगै पोखराको लगातार चौथो हार भएको छ । चितवनले प्रस्तुत गरेको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै समेटियो । पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए । उनले ४४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । युवराज शर्माले १९, किरण ठगुन्नाले १३ र अर्जुन घर्तीले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा चितवनका रिजन ढकालले ४ विकेट लिए । कमल सिंह ऐरीले ३ विकेट हात पारे भने डान मोस्ली, मौसम ढकाल र कुशल मल्लले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । चितवनका कप्तान सिकन्दर राजाले ३७ रन बनाए । रवि बोपाराले ३२, अर्जुन साउदले ३१ र डेविड मलानले २७ रनको योगदान दिए । बलिङमा पोखराका चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान २ विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार