काठमाडौं २६ कार्तिक
नेपाल प्रिमियर लिग ९एनपीएल० मा विराटनगर किंग्ससँग चार विकेटले पराजित भएपछि पोखरा एभेन्जर्स प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ। जारी लिगमा प्लेअफबाट बाहिरिने पोखरा पहिलो टोली बनेको छ। पोखराले हालसम्म खेलेका ६ खेलमध्ये पाँचमा हार र एकमा मात्र जित हासिल गरेको छ। लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाजविरुद्ध खेल्न बाँकी रहे पनि पोखराको अंकगणितले प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९।२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। विराटनगरका लागि बसिर अहमदले ३७, लोकेश बमले ३३, इसुरु उडानाले अविजित २५ र सेहान जयासूर्याले १७ रन बनाए। पोखराका रमेश मेन्डिस र कुशल भुर्तेलले दुई(दुई तथा विपिन खत्री र धनन्जय लक्षणले एक(एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ गरेको पोखरा १७।५ ओभरमा १३२ रनमा अलआउट भयो। पोखरालाई सस्तैमा समेट्ने क्रममा विराटनगरका सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए। सन्दीपले आफ्नो टी(२० करियरकै उत्कृष्ट बलिङ गर्दै १५औँ ओभरमा युवराज शर्मा, चमिका करुणारत्ने र किरण ठगुन्नालाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए। उनले कुल २७ रन खर्चेर ६ विकेट लिएका हुन्। यसअघि उनले ११औँ ओभरमा सन्नी विके र रमेश मेन्डिस तथा सातौँ ओभरमा अर्जुन घर्तीलाई आउट गरेका थिए।
पोखराका लागि ओपनर युवराज शर्माले ४७ बलमा ८४ रनको योगदान दिए। धनन्जय लक्षणले २२ र सन्नी विकेले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। विराटनगरका लागि एन्जेलो म्याथुस, रुपेश सिंह र चरिथ असंलकाले एक(एक विकेट लिए। तीन जितसहित ६ अंक जोडेको विराटनगरको प्लेअफ सम्भावना बलियो बनेको छ। टोलीले अब लिगको अन्तिम खेलमा लुम्बिनी लायन्सको सामना गर्नेछ।न्यूज पोलरबाट
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij