जनचाहना न्यूज
दमौली १९ कार्तिक
प्रथम मेयर कप २०८३ को अवसरमा आयोृजित फुटबल प्रतियोगितामा भएको फोहरमैला युवा अभियान्ता सुदीप गफ्फारद्वारा हटाइएको छ । दमौली बिपी बनवाटिका स्थित खेलकुद मैदानको प्याराफिट मुनि र वरपर रहेको फोहर हटाएर सफाई गरिएको हो । प्याराफिट मुनि को फोहोर र दिशा पिसाब निकै गन्हाउन थाले पछि सरसफाइ गरिएको गफ्फारले बताउनुभयो । तीन भागको दुई भाग सफा गरि सकिएको छ भने अब एक भाग सफा गर्न बाकी रहेको उहाँले बताउनुभयो ।