Nov 03 2026 | २०८३, कार्तिक १८ गते

Nov 03 2026 | २०८३, कार्तिक १८ गते

एनपीएल ः सुदूरपश्चिम रोयल्सले चितवनलाई ५ विकेटले हरायो

  • 75
    SHARES
  • 75 Shares
  • काठमाडौं  १६ कार्तिक
     नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराएको हो । १३१ रनको लक्ष्य सुदूरपश्चिमले १६।४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । ब्रान्डन म्याकमुलनले ४३, ईशान पाण्डेले २५ रन जोड्दा आरिफ शेख २० तथा शेर्फन रुदरफोर्ड २१ रनमा अविजित रहे । बलिङतर्फ चितवनका रञ्जित कुमारले तीन तथा रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन जोड्यो । रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए । यस्तै, विवेक यादवले १७, डेविड मलानले १६ तथा अर्जुन साउद र सिकन्दर रजाले १५–१५ रन जोडे । बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगलेइनले दुई तथा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र अनिल खरेलले एक–एक सफलता हात पारे ।
    चारमध्ये सुदूरपश्चिमले दुई हार तथा दुई जितको नतिजा निकाल्दा चितवनले तीन खेलमा एक खेल जित्दा एक खेलमा पराजय बेहोरेको छ । लुम्बिनीसँगको एक खेल भने रद्द भएको थियो । नेपाल प्रेसबाट

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार