Nov 03 2026 | २०८३, कार्तिक १८ गते

Nov 03 2026 | २०८३, कार्तिक १८ गते

नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान ः तनहुँका १० वटै पालिकामा जिम्मेवारी बाँडफाँड,कुन पालिकामा कसलाई जिम्मेवारी ?

  • 167
    SHARES
  • 167 Shares
  • दमौली १६ कार्तिक
    नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सञ्चालनका लागि तनहुँका १० वटै स्थानीय तहमा जिम्मेवारी बाँडफाँट गरिएको छ। देवघाटमा हरिबहादुर चुमान, आँबुखैरेनीमा सूर्यबहादुर गौली र शुक्र चुमान, बन्दीपुरमा गीता शाही, हेमराज लामिछाने, जुमबहादुर गुरुङ र मीना गौतमलाई जिम्मेवारी दिइएको छ।
    त्यसैगरी भानुमा विद्या ढकाल र ओमकुमारी पौडेल, व्यासमा कलिला खान, शिवशंकर पौडेल र मंगलप्रसाद श्रेष्ठ, म्याग्देमा सोमबहादुर थापा तथा शुक्लागण्डकीमा आशा कोइरालालाई जिम्मेवारी तोकिएको छ।
    भिमादमा काजीमान श्रेष्ठ र रमेश सिग्देल, घिरिङमा शंकर पोखरेल र दुर्गा नेपाली तथा ऋषिङमा ओमराज आलेलाई अभियानको जिम्मेवारी दिइएको पार्टीले जनाएको छ। जिल्ला कार्यालयको जिम्मेवारी भने अतीन्द्र केशरी न्यौपानेलाई दिइएको पार्टीले जनाएको  छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार