Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भोटेकोशी बाढीप्रभावितका सेवाका लागि रेडक्रस र तारकेश्वर गाउँपालिकाबीच सम्झौता

  • 135
    SHARES
  • 135 Shares
  • नुवाकोट १९ कार्तिक
     नेपाल रेडक्रस सोसाइटी र नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका बीच भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आर्थिक सहयोगसहितका विभिन्न प्रतिकार्यका कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ। 
    गाउँपालिकामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा। विशालकुमार भण्डारी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी० नेपाल प्रमुख डेभिड फिसरको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा सभापति हरि श्रेष्ठ र तारकेश्वर गाउँपालिकाका प्रमुख शिव अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  बाढीबाट प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्न तथा पुनःस्थापनाका लागि सम्झौता भएको हो।  सम्झौताअनुसार रेडक्रसले बाढीका कारण बेपत्ता परिवारका एकल महिला, अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई जनही एक लाख रुपैयाँ र प्रभाबित घरधुरीलाई १५ हजारका दरले बहुद्देश्यीय नगद सहायता उपलब्ध गराउनेछ।  यसैगरी, स्थायी आवासको व्यवस्था नभएसम्म एक सय घरधुरीलाई घरभाडा भुक्तानी, ६० घरधुरीलाई सङ्क्रमणकालीन आवास र ३ सय परिवारलाई जीविकोपार्जन पुनःस्थापना सहायता प्रदान गरिनेछ।  स्वास्थ्य, सरसफाइ र आश्रय सहायताका अतिरिक्त रेडक्रसले पिमल्टार खानेपानी आयोजना , माझिगाउ खानेपानी आयोजना सिचाइ योजना, झोलुङ्गे पुल निर्माण, खोलेबेसि, माझिगाउ र दर्शन्टारमा स्वास्थ्य चौकी, विद्यालय निर्माण लगायतको कार्य गर्नेछ। 
    रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ ९आइएफआरसी० को सहयोगमा सञ्चालन हुने यी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि पालिका प्रमुखको संयोजकत्वमा संयुक्त समन्वय समिति गठन गरिएको छ । नेपाल प्रेसबाट

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार