
गजल
गलत व्याख्या गरेर संविधान जलाउन नखोज !
सार्बभौमसत्ता जनतामा भन्दै चलाउन नखोज !
मैले दशकौं देखि भोगेको छु उत्पीडनको व्याथा !
आफैलाई मालिक ठानेर जनता गलाउन नखोज !
म जस्ता हजारौं लाखौं सडकमा ओर्लियौ भने !
दमन गरेर यो देशको सर्वोच्चता ढलाउन नखोज !
युगको लगाम युवाहरूको हातमा परी सकेको छ !
रुपैयाँ पैसाको लोभले युँवालाई बहलाउन नखोज !
दासताको साम्राज्यबाट मुक्त हुन्छ अब यो दुनियाँ !
"आकाश"को त्यो जूनलाई धर्तीमा फलाउन नखोज !
तनहुँ
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij