Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पहलगमा आतंकवादी हमलापछि पाकिस्तानविरूद्ध भारतका पाँच कदम यस्ता छन् 

  • 486
    SHARES
  • 486 Shares
  • काठमाडौं ११ बैशाख 
    पहलगममा भएको आतंकवादी हमलापछि पाकिस्तानविरूद्ध भारतले पाँच कदम चालेको छ । भारतीय मन्त्रिपरिषद्को सुरक्षा समितिले पाकिस्तानविरूद्ध पाँच कदम चालेको विदेश सचिव विक्रम मिश्रीले बताएका छन् । पत्रकार सम्मेलनमार्फत उनले भनेका छन्,’ आतंकवादी हमलापछि उत्पन्न गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै  मन्त्रिपरिषद्को सुरक्षा समितिले तत्काल पाँच कदम चाल्ने निर्णय गरेको छ,’ उनले भनेका छन् । 
    पहिलो कदममा सन् १९६० मा भएको इन्दुस पानी सन्धी खारेज गर्ने भारतको निर्णय छ । यो सम्झौता अनुसार भारतको पश्चिम क्षेत्रमा पर्ने इन्दुस, चेनव र जेलुम नदीका पानी पाकिस्तानले उपभोग गर्न पाउँथ्यो । आतंवादलाई प्रवर्द्धन नगर्ने विश्वासिलो आधार पाकिस्तानले नदिएसम्म यो सम्झौता रद्ध गर्ने निर्णय भारतले गरेको हो । विश्व बैंकको मध्यस्थतामा सन् १९६० मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र पाकिस्तानी राष्ट्रपति अयुब खानबीच उक्त सन्धी भएको थियो । 
    यस्तै अत्तरीमा रहेको संयुक्त चेकपोस्ट तत्काल बन्द गर्ने कदम भारतले चालेको छ । सार्क सदस्यहरूका निम्ति रहेको प्रवेशाज्ञा सुविधा पाकिस्तानलाई प्रदान नगरिने भारतीय निर्णय छ । 
    यस्तै, हाल भारतमा रहेका पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टाभित्र भारत छोड्ने निर्देशन दिएको छ । यस्तै नयाँ दिल्ली स्थित पाकिस्तान उच्च आयोग बन्द गर्न भारतले भनेको छ । यस्तै इस्लामावादमा रहेको भारतको उच्च आयोग बन्द गर्ने कदम पनि भारतले चालेको मिश्रीले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार