भारत २४ बैशाख
भारतको आक्रमणमा पाकिस्तानमा सात जनाको मृत्यु भएको छ । भारतले मङ्गलबार राति गरेको हवाई ९क्षेप्यास्त्र० आक्रमणबाट दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन् ।
‘पाकिस्तानलाई यो बिना उक्साएको भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार छ,’ उनले भनेका छन्, ‘सम्पूर्ण राष्ट्र आफ्नो सेनासँग एकताबद्ध छ । हाम्रो मनोबल र सङ्कल्प अटल छ । हाम्रो प्रार्थना र शुभकामना पाकिस्तानका बहादुर अधिकारी र सैनिकहरूसँग छ ।’
पाकिस्तानका जनता र सेना कुनै पनि खतराको सामना गर्न र शत्रुलाई पराजित गर्न पूर्ण रूपमा तयार रहेको प्रधानमन्त्री शरिफले बताएका छन् ।
‘शत्रुलाई उसको दुष्ट मनसायमा कहिल्यै सफल हुन दिइने छैन,’ उनले भनेको बीबीसीको समाचारमा उल्लेख छ ।
भारतले यो कारबाही अप्रिल २२ ९वैशाख ९०मा कश्मीरमा भएको आक्रमणपछि गरेको हो । जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । त्यहाँ एक नेपाली पनि परेका थिए । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij