Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भारतको आक्रमणपछि भारत र पाकिस्तान दुवै अलर्टमा ः सात पाकिस्तानी,तीन भारतीय नागरिकको मृत्यु  

  • 506
    SHARES
  • 506 Shares
  • भारत २४ बैशाख
    भारतले पाकिस्तानमा गए राति एयरस्ट्राइक गरेसँगै दुई देशबीचको तनाव उच्चस्तरमा बढेको छ । भारतीय आक्रमणपछि दुवै देशमा निकै हलचल बढेको   छ । भारत र पाकिस्तान दुवै सतर्क मोडमा आएका छन् । भारतले जम्मू कश्मीर, हरियाण, पञ्जावलगायतका राज्यहरूमा एयरस्पेस बन्द गरेको छ । जम्मू कश्मीरमा विद्यालयहरूसमेत बन्द गरिएको छ । 
    उता पाकिस्तानमा पनि एयरस्पेस बन्द गरिएको छ । दुवैतर्फ एयरस्पेस बन्द हुँदा यी दुई देशमा उडान हुने अन्तर्राष्ट्रिय उडानहरू डाइर्भट र स्थगित गरिएको छ । 
    भारतीय आक्रमणपछि ध्वस्त भएका संरचनाका केही भिडियोहरू पनि सार्वजनिक भएका छन् । भारतको आक्रमणपछिछ भारत र पाकिस्तानलाई विभाजन गर्ने एलओसीमा पनि दुवैतर्फका सेनाबाट गोलीबारी भइरहेको छ । पाकिस्तानी सेनाको गोलीमा तीन जना भारतीय मारिएको दाबी गरिएको छ । उता भारतीय एयरस्ट्राइकमा एक बालिकासहित सात जनाको मृत्यु भएको पाकिस्तानी प्रधानमन्त्रीले पुष्टि गरेका छन् । भारतीय सेनाले पाकिस्तानी सेनाको गोली लागेर तीन जना भारतीय नागरिकको मृत्यु भएको दाबी गरेको छ ।
    पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु
    समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन् ।  
    यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ । ‘आक्रमण मस्जिदसहित धेरै ठाउँ लक्षित थिए,’ उनले भने । 
    पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् । 
    भारतले यो कारबाही अप्रिल २२ ९वैशाख ९०मा कश्मीरमा भएको आक्रमणपछि गरेको हो । जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । जहाँ एक नेपाली पनि परेका थिए । 
    भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार