काठमाडौं । भारत र पाकिस्तान बीचको तनावका कारण इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ ।
बढ्दो तनावलाई मध्यनजर गर्दै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआई०ले आईपीएलका बाँकी खेल स्थगित गर्ने निर्णय गरेको क्रिक इन्फोमा समाचार छ ।
यसबारेमा छिट्टै औपचारिक घोषणा हुने बताइएको छ ।
यो निर्णय बिहीबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल पहिलो इनिङ्सकै क्रममा रद्द भएपछि आएको हो । धर्मशालाको विमानस्थल र वरपरका क्षेत्रहरूका विमानस्थलहरू बन्द भएपछि दुवै टोलीका खेलाडी तथा स्टाफलाई शुक्रबार बिहान विशेष रेलमार्फत दिल्ली पुर्याइएको थियो ।
आईपीएल २०२५ मा हालसम्म ५८ खेल भएको छ, जसमा धर्मशालाको रद्द गरिएको खेल पनि समावेश छ ।
समूह चरणमा अझै १२ खेल बाँकी रहेका छन् । जसमा हैदराबाद र अहमदाबादमा ३ दिल्ली, चेन्नई, बेंगलोर र लखनऊमा २ तथा मुम्बई र जयपुरमा हुने १–१ खेल बाँकी छन् ।
त्यसपछि हैदराबाद र कोलकातामा प्ले अफका खेलहरू हुने तालिका थियो ।
यस्तै भारत र पाकिस्तानबीच जारी तनावकै कारण पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी०ले पाकिस्तान सुपर लिग ९पीएसएल०का बाँकी खेलहरू यूएईमा आयोजना गर्ने निर्णय गरेको छ ।-नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij