काठमाडौं । भारतले जवाफी कारबाहीमा धेरै पाकिस्तानी सैन्य अड्डाहरूमा हवाई आक्रमण गरेको बताएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले भारतले पाकिस्तानमाथि गरेको आक्रमणका बारेमा जानकारी दिएकी हुन् ।
पाकिस्तानले जानाजानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरेपछि भारतीय सशस्त्र बलहरूले पनि योजनाबद्ध तरिकाले जवाफी आक्रमण गरेको उनको भनाइ छ । प्राविधिक प्रतिष्ठानहरू, कमान्ड र नियन्त्रण स्टेसन, राडार साइट र हतियार डिपोहरूलाई लक्षित गरिएको उनले बताइन् ।
रफिकी, मुरिद, चकलाला, रहिमयार खान, सुक्कुर र चुनियामा रहेका पाकिस्तानी सैन्य अड्डाहरूमा सटीक हतियार र लडाकु विमानहरूले प्रहार गरियो,’ उनले थपिन् ।
कर्णेल कुरेशीका अनुसार भारतले पाकिस्तानको पसरुरमा रहेको राडार साइट र सियालकोटमा रहेको उड्डयन बेसलाई पनि निशाना बनाएको थियो ।
‘यी सबै प्रतिशोधात्मक कार्यका लागि, न्यूनतम संपाश्र्विक क्षति ९सर्वसाधारण जनतालाई न्यूनतम क्षति० सुनिश्चित गरिएको थियो,’ उनले थपिन् ।
पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधिहरू जारी राखेको कर्णेल कुरेशीले जानकारी दिइन् । ‘नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको छ । श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो, जसमध्ये धेरैजसोलाई विफल पारिएको थियो,’ उनले थपिन्, ‘बिहान १।४० बजे पञ्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल प्रहार गरिएको थियो । भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको छ ।’
भारत र पाकिस्तानबीच जारी तनावका बीच लगातार चौथो दिन पनि विदेश सचिव विक्रम मिश्री, भारतीय सेनाकी कर्णेल कुरेशी र भारतीय वायुसेनाका विङ कमान्डर व्योमिका सिंहले पत्रकार सम्मेलन गरेका हुन् ।
पत्रकार सम्मेलनमा भारतका विदेश सचिव मिश्रीले पाकिस्तानका गतिविधि निरन्तर उत्तेजक भइरहेको बताएका छन् । ‘पाकिस्तानका गतिविधिहरू निरन्तर उत्तेजक छन् । प्रतिक्रियामा भारतले यी उत्तेजक कार्यहरूको जवाफ दिएको छ,’ उनले भने ।
भारतको यो भनाइमाथि पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
नेपालभ्युज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij