Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पाकिस्तानबाट फेरि आक्रमण भए कडा जवाफ दिने भारतको चेतावनीको केही घन्टा नबित्दै श्रीनगरमा विष्फोट

  • 270
    SHARES
  • 270 Shares
  • एजेन्सी
    पाकिस्तासँग जारी तनावपछि युद्धविराम सुरु भएको केही घण्टामा नै भारतको रक्षा मन्त्रालयले फेरि आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएको छ । युद्धविराम गर्ने सहमति भएको केही समयपछि भारतको रक्षा मन्त्रालयले शनिबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय थलसेना, वायुसेना र नौसेनाका अधिकारीहरूले पाकिस्तानसँगको द्वन्द्वमा भारतका सबै सैन्य संरचना सुरक्षित रहेको बताए । 
    पत्रकार सम्मेलनमा थलसेनाबाट कर्नल सोफिया कुरैशी, वायुसेनाबाट विङ कमान्डर व्योमिका सिंह र नौसेनाबाट कमोडोर रघु आर। नायर उपस्थित करिब १० मिनेट लामो पत्रकार सम्मेलनमा पाकिस्तानले गलत प्रचार गरिरहेको भन्दै चर्को आपत्ति समेत जनाएको छ । 
    उनीहरू पाकिस्तानले गलत सूचना फैलाउँदै भारतको एस(४०० र ब्रह्मोस मिसाइल बेसमा क्षति पुर्‍याएको भनि गरेको दाबी पूर्ण रूपमा गलत भएको बताए । ‘सिरसा, जम्मू, पठानकोट र भुजस्थित एयरफिल्डहरूमा आक्रमण गरिएको दाबी गलत हो । चण्डीगढ़ र ब्यासस्थित सैन्य गोदामहरू पूर्ण सुरक्षित छन्,’ थलसेनाकी कर्नल कुरैशीले भनिन् । 
    भारतले मस्जिदहरूमा क्षति पुर्‍याएको भनी पाकिस्तानले झुटो प्रचार गरिरहेको उनको दाबी छ । भारत धर्मनिरपेक्ष राष्ट्र भएकाले पाकिस्तानका स्कर्दू, जकुबाबाद, सरगोदा र बुलारीस्थित एयरफिल्डहरूमा आफ्नो सेनाले असर पुर्‍याएको उनको भनाइ छ । 
    भारतीय नौसेनाका कमोडोर रघु आर। नायरले भारत सबै सैन्य कारबाहीहरू रोक्न सहमत भएको, तर पाकिस्तानले पुनः रवैया देखायो भने त्यसको निर्णायक जवाफ दिइने बताए ।
     ‘भारतीय थलसेना, वायुसेना र नौसेना मातृभूमिको सुरक्षाप्रति पूर्णतः प्रतिबद्ध छन्,’ उनले भने, ‘हाम्रो सतर्कता उच्चस्तरमा रहेको छ, र यदि कुनै दुस्साहस दोहोरियो भने त्यसको जवाफ अझ कठोर हुनेछ ।’ 
    श्रीनगरमा बिष्फोट
    भारत र पाकिस्तानबीच युद्धविराम भएको केही घन्टामा भारततर्फको जम्मु कश्मीर क्षेत्रका श्रीनगर विष्फोटको आवाज सुनिएको खबर सार्वजनिक भएको   छ ।  कश्मीरका मुख्यमन्त्री ओमार अब्दुलाहले एक्समा एउटा पोस्ट गर्दै आश्चर्य व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘युद्धविराम भएको केही समयमा नै यो के भइरहेको हो रु श्रीनगरमा आसपासमा विष्फोटको आवाज सुनिएको छ । 
    भारतीय सञ्जार माध्यमहरूले भने युद्धविराम भएको चार घन्टा नबित्दै पाकिस्तानले आक्रमण सुरु गरेको खबर सार्वजनिक गरिरहेका छन् । यद्यपि, भारत सरकारका तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार