किभ ८ जेठ
उत्तरपूर्वी युक्रेनको सैन्य प्रशिक्षणस्थलमा भएको रुसी हमलामा ६ सैनिकको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएको युक्रेनी नेसनल गार्डले बुधबार जनाएको छ ।
युक्रेनको सुमीको सीमावर्ती क्षेत्रबाट युक्रेनी सेनाले गत वर्ष रूसको कुस्र्क क्षेत्रमा आक्रमण गरेको थियो भने मस्कोले यस क्षेत्र पछिल्लो समय पटक–पटक आक्रमण स्थल बनेको छ । शिविरमा अभ्यास गदै गर्दा आक्रमण भएको नेसनल गार्डले सामाजिक सञ्जाल फेसबुक पोस्टमा सार्वजनिक गर्दै घटनाको अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।
रुसको रक्षा मन्त्रालयले मङ्गलबार उक्त स्थानमा ब्यालेस्टिक मिसाइलले आक्रमण गरेको घोषणा गरेको थियो । अनुसन्धानको क्रममा युक्रेनी सेनाको प्रशिक्षण शिविर ‘पत्ता लगाइएको र प्राप्त निर्देशनका आधारमा ‘इस्कन्दर मिसाइल’ द्वारा आक्रमण गरिएको युक्रेनद्वारा सामाजिक सञ्जालमार्फत दिएको छ ।
रुसले पनि जङ्गलमा रहेको प्रशिक्षण शिविरमा भएको आक्रमणलाई पुष्टि गर्ने तस्वीरहरू प्रकाशित गरेको थियो । तस्वीरमा आगोको ठूलो लप्को र जमिनबाट निकै माथि आकाशमा धुवाँको मुस्लो देखिएको छ ।
घटनाको आन्तरिक अनुसन्धान भइरहेको उल्लेख गर्दै सैन्य एकाईका कमान्डरलाई निलम्बन गरिएको र आवश्यक जानकारी सुरक्षा निकायमा पठाइएको युक्रेनको नेशनल गार्डले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij