Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प

  • 446
    SHARES
  • 446 Shares
  • एथेन्स । ग्रिसको टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६।१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण ९यूएसजीएस०ले जनाएको छ ।

    क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर ९५१ माइल० उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको यूएसजीएसले जनाएको छ ।

    पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका महिनाहरूमा धेरै कम्पनहरूले हल्लाएको छ, जसका कारण सान्टोरिनी र छिमेकी टापुहरूमा विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ ।

    ग्रिक मुख्य भूमिको दक्षिणपूर्वमा साइक्लेड्स समूहको सान्टोरिनी, अमोर्गोस, आइओस र एनाफी टापुहरूबीच जनवरीको अन्त्यदेखि मुख्यतया कम परिमाणका हजारौँ भूकम्प रेकर्ड गरिएको छ ।

    यो भूकम्पीय झुण्डले कुनै जनधनको हानि वा ठूलो क्षति पुर्‍याएको छैन ।

    अफ्रिकी र एनाटोलियन टेक्टोनिक प्लेटहरू मिल्ने ठाउँमा अवस्थित एजियन सागरमा प्रायः भूकम्पहरू आउने गर्छन् ।

    तर विज्ञहरूका अनुसार यो क्षेत्रले सन् १९६४ मा रेकर्ड राख्न सुरु गरेदेखि यस्तो तीव्रताको घटना अनुभव गरेको थिएन ।

     नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार