Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

२५ करोड मौरी भागे सावधानी अपनाउन अमेरिकी प्रहरीको चेतावनी

  • 437
    SHARES
  • 437 Shares
  • एजेन्सी १८ जेठ
    अमेरिकी राज्य वासिङ्टनमा ट्रक पल्टिँदा २५ करोड मौरी भागेको अनुमान गरिएको छ । उक्त घटनापछि प्रहरी अधिकारीहरूले सर्वसाधारणलाई मौरीको झुण्डबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । बीबीसीकाअनुसार लगभग ७०,००० पाउण्ड ९३१,७५० किलो० सक्रिय मह मौरीको घार बोकेको ट्रक क्यानडाको सीमा नजिकैको सडकमा पल्टिएको थियो । 
    व्हाटकम काउन्टी शेरिफको कार्यालयले भन्यो, “२५ करोड मौरीहरू अहिले भागेका छन् । मौरीहरू एकै ठाउँमा झुम्मिन सक्छन् र टोक्न सक्छन् । त्यसकारणले सावधान रहनुहोस् ।”
    मौरीपालकहरूले मौरी राख्न प्रयोग गर्ने घारलाई पुन सेट गर्न प्रहरीसँग मिलेर काम गरेका छन् । उक्त सडक अहिले बन्द गरिएको छ ।
    पश्चिमी अमेरिकामा केही मौरीपालकहरूले मह उत्पादनमा ध्यान दिन्छन् भने केहीले बालीमा परागणका लागि किसानहरूलाई आफ्ना घार भाडामा दिएर राम्रो आम्दानी गर्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार