Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एयर इन्डिया विमान दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको पुष्टि ः बेलायती एक नागरिक मात्रै जीवित 

  • 253
    SHARES
  • 253 Shares
  •                     फोटो आजतक
    एजेन्सी ३० जेठ
    एयर इन्डियाको अहमदाबादबाट लण्डन ग्याटविकका लागि उडेको उडान नम्बर ब्क्ष्ज्ञठज्ञ बिहिबार दिउँसो दुर्घटनाग्रस्त भएको छ। सो दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले पुष्टि गरेको छ।  बोइङ ७८७–८ सिरिजको १२ वर्ष पुरानो यो विमान दिउँसो १ बजेर ३८ मिनेटमा अहमदाबादबाट २ सय ३० यात्रु र १२ जना चालक दलका सदस्यसहित उडेको थियो। उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो। 
    विमानमा सवार कुल २ सय ४२ जनामध्ये २ सय ४१ जनाको मृत्यु भएको एयर इन्डियाले एक्समार्फत जनाएको छ। एक जना बेलायती मूलका भारतीय नागरिक मात्रै जीवित रहेको र उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ । मृत्यु हुने यात्रुहरूमा १ सय ६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र १ क्यानेडियन नागरिक रहेको एयर इन्डियाले जनाएको छ । एयर इन्डियाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ। कम्पनीले हाल प्रभावित परिवार तथा आफन्तहरूको सहयोगमा सम्पूर्ण ध्यान केन्द्रित गरेको जनाएको छ। थप सहयोगका लागि एयर इन्डियाको एक टोली अहमदाबाद पुगिसकेको छ। एयर इन्डियाले यस घटनाको छानबिन गरिरहेका अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेको पनि बताएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार