सांकेतिक तस्वीर
काठमाडौं । उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक संजालमार्फत दुर्घटनाको जानकारी दिएका छन् ।
मुख्यमन्त्री धामीले आफ्नो ‘एक्स’ ह्यान्डलमा पोस्ट गर्दै भनेका छन्, ‘जनपद रुद्रप्रयागमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अत्यन्त दुःखद खबर प्राप्त भएको छ।’ उनले राहत र उद्धार कार्यमा एसडीआरएफ ९राज्य विपद् प्रतिक्रिया बल० र स्थानीय प्रशासन जुटेको बताए। धामीले ‘बाबा केदारसँग सबै यात्रुहरूको सकुशलताको कामना गर्दछु । ‘
बीबीसी हिन्दीका अनुसार हेलिकप्टरमा सवार व्यक्तिहरू केदारनाथ मन्दिर दर्शनका लागि जाँदै थिए। देहरादूनबाट केदारनाथ जाँदै गरेको आर्यन कम्पनीको दुर्घटनाग्रस्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेकोमा सबैको मृत्यु भएको बताइएको छ ।
जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले यसको पुष्टि गरेका छन्। सुरुमा गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको रिपोर्ट गरेको बताइएको छ । नेपाल भ्यूजबाट