Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

इरानले कतारमा आक्रमण गरेपछि नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

  • 288
    SHARES
  • 288 Shares
  • काठमाडौं १० असार
    कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा सोमबार हवाई हमला गरेपछि दूतावासले नेपाली नागरिकलाई सतर्क भएर बस्न आग्रह गरेको हो । शान्त भएर बस्न र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न दूतावासको आग्रह छ । कतारमा झन्डै साढे तीन लाख नेपाली कार्यरत छन् । अमेरिकी सैन्य अड्डामा इरानले हवाई हमला गरेपछि उनीहरु त्रासमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार