काठमडौं । लिभरपुल र पोर्चुगल राष्ट्रिय फुटबल टिमका स्टार स्ट्राइकर डिएगो जोटाको २८ वर्षको उमेरमा निधन भएको छ । कार दुर्घटनामा परेर जोटाको निधन भएको उनका भाइ २६ वर्षीय आन्द्रृे सिल्भासँगै निधन भएको हो ।
स्पेनको जमोरा प्रान्तनजिक ए–५२ राजमार्गमा बिहान साढे १२ देखि साढे एक बजे ९स्थानीय समय०को बीचमा उनीहरु कार दुर्घटनामा परेका थिए । चलाइरहेको कार अनियन्त्रित भएर सडकमबाट बाहिर गएर आगलागी भएपछि दुवैले घटनास्थलमै ज्यान गुमाएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
प्रारम्भिक अनुसन्धानले सुरुवातमा कारको टायर फुटेपछि गाडी अनियन्त्रित भएको हो कि भन्ने अनुमान गरेको छ । जोटा एटलेटिको म्याड्रिड, पोर्तो, वुल्भरह्याम्टन हुँदै सन् २०२० मा लिभरमा ४५ मिलियन डलरमा ट्रान्सफर भएका थिए । लिभरपुलका लागि उनले ११३ खेलमा ४७ प्रिमियर लिग गोल गरेका छन् । २०१९ देखि पोर्चुगलको राष्ट्रिय टिमबाट खेलिरहेका उनले ४९ खेलमा १४ गोल गरेका छन् । एक महिनाअघि मात्रै जोटा सम्मिलित पोर्चुगलको राष्ट्रिय टिमले दोस्रोपटक नेशन्स लिगको उपाधि जितेको थियो ।
रुटे कार्दोसोसँग एक हप्ताअघि विवाह गरेका जोटाका तीन सन्तान छन् ।
नेपाल प्रेस
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij