Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ढाकामा वायु सेनाको विमान दुर्घटना १९ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

  • 388
    SHARES
  • 388 Shares
  • काठमाडौं ५ साउन 
    बंगलादेश वायु सेनाको एफ ७ प्रशिक्षण विमान दुर्घटनामा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएको डेली सनले जनाएको छ । 
    घाइतेहरूको ढाका मेडिकल कलेज अस्पताल, संयुक्त सैन्य अस्पताल, कुर्मिटोला जनरल अस्पताल, र राष्ट्रिय बर्न एण्ड प्लास्टिक सर्जरी संस्थान लगायतमा उपचार भइरहेको छ ।  राजधानी ढाकाको उत्तरा क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो ।  विमान स्थानीय समयअनुसार सोमबार दिउँसो १स्०६ बजे उडेको थियो र करिब १स्३० बजे उत्तरा १७ मा रहेको माइलस्टोन कलेजको तीन तल्ले भवनमा खसेको अन्तर(सेवात्मक जनसम्पर्क ९आईएसपीआर०ले जनाएको छ । 
    घटनास्थलमा बंगलादेश सेनाका जवानहरू र अग्नि नियन्त्रण तथा नागरिक सुरक्षा विभागका आठवटा दमकल परिचालन गरिएको अग्नि नियन्त्रक सेवा तथा नागरिक प्रतिरक्षाले जनाएको छ । 
    घटनाको प्रत्यक्षदर्शी र माइलस्टोन कलेज नजिकैको अफिसमा कार्यरत साद्मान रुहसिनका अनुसार विमानले विद्यालय भवनलाई ठोक्किएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार