Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

“केपी भर्सेस प्रचण्ड”–समकालीन नेतृत्वको तुलनात्मक विश्लेषण

  • 873
    SHARES
  • 873 Shares
  • नेपालको पछिल्लो दुई दशकको राजनीतिमा दुई नेताहरू विशेष रूपमा अगाडि छन् – पुष्पकमल दाहाल ुप्रचण्डु र खड्गप्रसाद शर्मा ओली ुकेपी ओलीु। दुबै जना नेपालका प्रधानमन्त्री बनेका छन्, तर नेतृत्वको शैली, विचारधारा र कार्यदक्षताको दृष्टिकोणबाट हेर्दा तीव्र भिन्नता देखिन्छ। वर्तमान राजनीतिक बहसको केन्द्रविन्दुमा यी दुई नेताहरूको तुलना गर्नु आजको आवश्यकता पनि हो। 
    प्रचण्डको नेतृत्व ः परिवर्तनको दिशामा यात्रा
    १.शान्ति प्रक्रिया र गणतन्त्रको स्थापनाः
    प्रचण्ड नेतृत्वको मूल उपलब्धि भनेको सशस्त्र जनयुद्धलाई राजनीतिक ढाँचामा रूपान्तरण गर्दै गणतन्त्रको स्थापनामा निर्णायक भूमिका खेल्नु हो। उनले नेतृत्व गरेको नेकपा ९माओवादी० ले तत्कालीन निरंकुश राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको बाटो खोलेको इतिहास साक्षी छ।
    २.संविधान निर्माणमा योगदान ः
    २०६२र०६३ को जनआन्दोलनपछि स्थापित संविधानसभाबाट संविधान निर्माणमा प्रचण्डको संयमित नेतृत्व निर्णायक बन्यो। समावेशीता, संघीयता र समानतामा आधारित संविधान ल्याउन उनले अनेक दलसँग सहमति निर्माणमा कुशल कूटनीतिक भूमिका खेले।
    ३.सीमान्तकृत समुदायको आवाज ः 
    दलित, महिला, जनजाति, मधेसी, मुस्लिम लगायतका समुदायको राजनीतिक सहभागिता सुनिश्चित गर्न प्रचण्ड नेतृत्वले ठोस नीति तथा कार्यक्रम अघि सारे। ‘एकीकृत समाजको निर्माण’ भन्ने नारासँगै उनी सामाजिक न्यायको पक्षधर बने।
    ४.राष्ट्रिय स्वाधीनताको पक्षमा स्पष्ट अडान ः
    भारतसँगको असमान सन्धिहरूको पुनरावलोकन र चीनसँग सन्तुलित कूटनीतिक सम्बन्धको प्रयास उनको दूरदर्शी सोचको परिचायक हो। विकासमा स्वदेशी उत्पादन र श्रमको उपयोगको अवधारणा पनि यतिनै बेला प्राथमिकतामा आयो। 
    ओली सरकारको कार्यशैली ः हावादारी भाषण र असंवैधानिक अभ्यास 
    १.असंवैधानिक कदमहरु ः
    २०७७ सालमा प्रधानमन्त्री केपी ओलीले संविधानको मर्मविपरीत संसद् विघटन गरे। यो कदमले लोकतन्त्रमा ठुलो झट्का दियो। सर्वोच्च अदालतबाट उक्त कदम खारेज हुनु ओली सरकारको असंवैधानिक चरित्रलाई प्रस्ट पार्दछ।
    २.भ्रष्टाचार र सुशासनको विफलता ः
    कोरोना महामारीको बेला स्वास्थ्य सामग्री खरिददेखि ठेक्का प्रणालीसम्म व्यापक भ्रष्टाचार देखा पर्‍यो। पारदर्शिता र जवाफदेहिताको साटो गुटगत नियुक्ति र सत्ताको दुरुपयोगमा ओली सरकार व्यस्त देखियो।
    ३.विकासका नारामा मात्र सीमित ः
    ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’ र ‘नेपाललाई समृद्ध बनाउने’ जस्ता भाषणले जनताको ध्यान खिचे पनि व्यवहारमा ओली सरकार ठूला आयोजनाहरूको काम अघि बढाउन असफल रह्यो। चन्द्रागिरि केवलकार र धरहरा पुनर्निर्माणबाहेक खासै प्रगति देखिएन।
    ४.राष्ट्रवादको आवरणमा अलोकतान्त्रिक प्रवृत्ति ः
    भारतविरोधी राष्ट्रवादको ढाल प्रयोग गरेर आन्तरिक समस्याबाट ध्यान हटाउने प्रयास गरियो। यो राष्ट्रवाद व्यवहारिक नभई भावनात्मक बन्यो, जसले समस्याको दीर्घकालीन समाधान ल्याएन।
    निष्कर्ष ः 
    नेपालका जनताले अब ‘कसले जित्लारु’ भन्ने भन्दा ‘कसले विकास, न्याय र स्थायित्व दिन्छरु’ भन्ने सोचमा जानु पर्ने समय आएको छ। प्रचण्ड नेतृत्वले जहाँ संविधान निर्माण, सामाजिक न्याय, गणतन्त्रको संस्थागत रूप दिँदै अघि बढेको छ, त्यहीँ ओली नेतृत्वमा असंवैधानिकता, सत्ताको दुरुपयोग र अलोकतान्त्रिक सोच हावी देखिन्छ। 
    त्यसैले, ूकेपी भर्सेस प्रचण्डू भन्ने विषय केवल व्यक्तिको होईन, यो दुई धार– एक परिवर्तन र समावेशितातर्फ उन्मुख मार्ग र अर्को प्रतिगमनको जोखिमपूर्ण बाटो– को छनोट हो। यो छनोट जनताले अबको निर्वाचनमा विवेकपूर्वक गर्नुपर्छ।             लेखक ः दरै नेकपा माओवादी केन्द्र तनहुँका युवा नेता हुन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार