नेपाली समाज भित्रको बिबिधता,सामाजिक संरचना भित्रको भाषिक विभेद ,पहिचानको आवश्यकता, राज्यको हरेक अंगमा समान पहुँच, समान प्रतिनिधि, समान अधिकार सहितको सामाजिक न्यायको निम्ति जन्मिएको एक सामाजिक संस्था हो नेपाल आदिवासी जनजाति महासंघ। नेपालको कुल जनसंख्याको करिब ३८ प्रतिशत समुदाय अर्थात ६० जाति यस् संस्था भित्र पर्दछ्न। तत्कालीन अबस्थामा एकदलीय शासन ब्यबस्थाको अन्त्य भइ नेपालमा बहुदलीय ब्यबस्थाको उदय पश्चात् नेपाल आदिवासी जनजाति महासंघ नेपाल मगर लाग्घली समाजको समन्वय र मगर संघको तत्कालीन महासचिव शुरेश आले मगर ज्युको नेतृत्वमा यस् संस्थाले मुर्तरुप लिइएको थियो। हाल आएर ७० भन्दा बढी जिल्ला, करिब २२ भन्दा बढी वैदेशिक शाखा र ६५०भन्दा बढी स्थानीय तह र ७ ओटा भात् संस्था ९ नेपाल आदिवासी जनजाति युवा महासंघ, विद्यार्थी महासंघ,महिला महासंघ ,शिक्षक महासंघ, आदि आबद्ध छन्। ूपहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ संपन्न हुन गइरहेको ३२ औं बिश्व आदिवासी दिबसको पुनित अबसरमा नेपालमा मात्र नभईकन बिश्व भरिका आदिवासी रैथानेहरुले मानव सभ्यता, भाषिक र सस्कृतिक सभ्यतालाई सुदृढीकरण गर्दै पुस्तान्त्रण र हस्तान्तरण कार्यमा
तिब्रता दिइदै आएको छ। श्रावण २४ अगस्ट ९ बिशेष दिन भएता पनि एक हप्ता अगाडि देखिनै गोष्ठी,अभिमुखिकरण कार्यक्रम, आदिवासी जनजाति संग संबंधित ILO169,UNDRIP पहिचानको सान्दर्भिकता, संबिधानमा आदिवासी जनजातिको हकअधिकार , सरकारी कामकाजमा मात् भाषाको प्रयोग र औचित्य सन्दर्भमा बृहत् अंन्तरक्रिया , बिचार बिमर्श र गोष्ठी गर्दै आएका छन्। आदिवासी जनजाती सन्दर्भमा संबिधानमा जति उल्लेख र लेखीएता पनि कार्यन्वयन सन्दर्भ राज्य अझैसम्म गंभिर भएको पाइदैन र देखिदैन। स्थानीय सरकार अझसम्म आदिवासीय ज्ञान बाटनै आधुनिक बिज्ञान भएको हो भन्ने सन्दर्भमा दिछित भएका छैनन्। अतस् यसरीनै राज्यले उपेछित गर्दै जाने हो भने अबको निर्माम आन्दोलन र बिद्रोह आदरणीय जनजातिबाट नहोला भन्न सकिन्न। तसर्थ ३२ औं बिश्व आदिवासी जनजाति दिबसले सामाजिकन्याय ,समान अधिकार, दायित्व र जिम्मेवारी प्राप्तिको निम्ति सामाजिक चेतना सहित थप मनोबैज्ञानिक उर्जा मिल्नेछ । सबै न्याय प्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुमा हार्दिक शुभकामना ।
बरिष्ठ उपाध्यक्ष
नेपाल आदिवासी जनजाति महासंघ तनहुँ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij