Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

कोदो एकः महत्त्व अनेक ः “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार”

  • 574
    SHARES
  • 574 Shares
  • समिक्षा पोख्रेल 
    नेपालको पहाडी भूगोलमा जन्मिएको कोदो केवल अन्न होइन, इतिहास बोकेको धन हो। सुस्केरा हाल्ने खेत, माटोको गन्ध र बुढी आमाको हातले पकाएको कोदोको ढिंडो यी नेपाली पहिचानका हिस्सा हुन्। कम मल, कम पानीमै हुर्किने यो सस्तो तर पोषिलो बाली आज जलवायु संकटमा समेत समाधान बन्न सक्ने सम्भावना बोकेको छ। आज जलवायु परिवर्तनले धान सुकाउँदैछ, तर कोदो पहाडमा अझै मुस्कुराउँदैछ। कोदाबाट बनेका ढिंडो, सेलरोटी, जाँड र छ्याङ जस्ता परिकारहरू हाम्रो संस्कृति, चाडपर्व र आत्मियता सँग गासिएका छन्। गरिबको खान्कि भनेर चिनेने कोदो आज पौष्टिक खान्किको रुपमा चिनिन पुगेको छ।पहाडको जीवनशैली, परिश्रम र सहनशीलताको प्रतिक कोदो आज फेरि नेपाली भान्सामा फर्कन थाल्दैछ(स्वास्थ्य, स्वाद र संस्कृतिको खोजीसँगै। 
    कोदोको महत्त्व
    १.कम लागतमा उत्पादन सम्भव –अन्य खाद्यान्न बालीको तुलनामा कोदाको उत्पादन खर्च कम हुने।
    २.भण्डारणमा टिकाउ–लामो समयसम्म सुरक्षित भण्डारण गर्न सकिने, रोगकीरा प्रतिरोधात्मक क्षमता उच्च।
    ३.खाद्य संकटका लागि उपयुक्त— दुर्गम तथा खाद्यान्न आपूर्ति कठिन हुने क्षेत्रहरूमा स्थानीय रूपमा उपलब्ध र सुलभ खाद्यान्न।
    ४.गर्भवती महिला र बच्चाका लागि पोषिलो आहार– हड्डीको विकास, रगतको मात्रा बढाउन सहयोगी।
    ५.मधुमेह, उच्च रक्तचाप, कब्जियत, दम, युरिक एसिड जस्ता रोगका लागि लाभदायक – कोदोको ग्लाइसेमिक इन्डेक्स कम भएकाले रक्तमा चिनीको मात्रा सन्तुलनमा राख्न सहयोग गर्ने।
    ६.खडेरी र जलवायु परिवर्तन सहने क्षमता– कोदो सुक्खा र न्यून वर्षा हुने क्षेत्रमा पनि राम्रो उत्पादन दिन सक्ने जलवायुमैत्री बाली।
    ८.सांस्कृतिक र परम्परागत महत्व – जात्रा, पर्व र परम्परागत खानपानमा कोदाको महत्वपूर्ण प्रयोग ।
    पोषण तत्वको नाम    
    १. कार्बोहाइड्रेट ७६.३ग्राम
    २. प्रोटिन ९.२ग्राम
    ३. चिल्लो पदार्थ १.४ ग्राम
    ४.रेशा ३.५ ग्राम
    ५.क्याल्सियम ३६० मिलि ग्राम९चामल ,मकै भन्दा ३५ गुणा र गहु भन्दा ८ गुणा पाइनेछ । 
    ६.फोसफोरस २५४ मिलि ग्राम
    ७. फलाम ७.४ मिलि ग्राम चामलमा भन्दा तीन गुणा र मकै र गहुँ भन्दा एक गुणा फलाम पाइने छ ।
    ८.उर्जा ३३३ क्यालोरी
    पौष्टिक तत्वले भरिपूर्ण–प्रोटिन, क्याल्सियम, फस्फोरस र फलामको राम्रो स्रोत भएकाले सम्पूर्ण परिवारका लागि लाभदायक।  
    तसर्थ कोदो जस्तो पोषणयुक्त अन्नको उपयोग आजको आवश्यकता हो, जसले भोक मात्र होइन, रोगसँग पनि लड्ने शक्ति दिन्छ। परम्परागत ढिंडो र परिकारहरु देखि लिएर आजका स्वास्थ्य–मैत्री बिस्कुट, लड्डु, नुडल्स,मःम र बेबी फूडसम्म, कोदोले आफ्नो रूप बदलेको छ तर महत्व झनै बढ्दै गएको छ।त्यसैले कोदो लगाएत अन्य  रैथाने बालीको संरक्षण र प्रबर्द्धन गर्नु हामि सबैको दायित्व हो।                               
                                  कृषि अधिकृत, व्यास नगरपालिका तनहुँ

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार