Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

“नेतृत्वको अनुकरणीय धरोहर ः अध्यक्ष शुक्र चुमान”

  • 714
    SHARES
  • 714 Shares
  • बसन दरै 
    नेतृत्व एउटा त्यस्तो बाटो हो, जहाँ हरेक पाइला जिम्मेवारी, निष्ठा र जनसेवाको भावना बोकेर चाल्नु पर्छ। यही मार्गमा दृढतापूर्वक हिँड्दै हुनुहुन्छ, मेरा आत्मीय मित्र तथा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष क। शुक्र चुमान। उहाँसँगको हाम्रो सम्बन्ध केवल सहकर्मीको हैन, विद्यार्थी राजनीति कालखण्डदेखि सुरु भएको, आत्मीयता र सहकार्यले भरिएको यात्रा हो। उहाँ मेरो साथी मात्र नभई, राजनीतिमा हिड्न सिकाउने मेरा मार्गदर्शक पनि हुनुहुन्छ। 
    राजनीतिक यात्राको सुरुवात विद्यार्थी आन्दोलनबाट भएको हो। संघर्ष, संगठन र समर्पणका दिनहरूमा उहाँले देखाउनुभएको प्रतिबद्धता र दूरदृष्टिले मलाई राजनीतिमा हिँड्ने बाटो देखायो। आज गाउँपालिकाको अध्यक्षको रूपमा उहाँले पुर्‍याइरहनुभएको भूमिका, जनताप्रतिको उत्तरदायित्व र सेवाको भावना साँच्चै प्रशंसायोग्य छ। 

    333.jpg
    विकास निर्माणको काममा उहाँले देखाउनुभएको सक्रियता, पारदर्शिता र सहभागितामूलक नेतृत्वले आँबुखैरेनी गाउँपालिकालाई केवल भौतिक विकासमै होइन, सामाजिक न्याय र समावेशीतातर्फ पनि अगाडि बढाइरहेको छ। उहाँले शिक्षादेखि स्वास्थ्य, कृषि, पूर्वाधार विकास, युवा सहभागिता र सुशासनका क्षेत्रमा देखाएको अग्रसरता उल्लेखनीय छ। 
    हिजो सँगै नाराबाजी गरेका हामीहरू आज जब उहाँलाई गाउँको नेतृत्व गरिरहेको देख्छौँ, त्यो केवल गर्वको विषय होइन, प्रेरणाको स्रोत पनि हो। उहाँको कामले हामी सबैलाई जनताको पक्षमा अझ निष्ठापूर्वक खटिन ऊर्जा र प्रेरणा दिन्छ।
    सारांशमा, अध्यक्ष शुक्र चुमान एक यस्ता नेता हुनुहुन्छ, जसले सिद्धान्त र व्यवहारलाई सन्तुलित गर्दै जनताको विश्वास जित्न सफल हुनुहुन्छ। म उहाँलाई अझ सशक्त, प्रभावशाली र परिवर्तनकारी नेतृत्वका लागि शुभकामना व्यक्त गर्दछु। आशा छ, उहाँको नेतृत्व अझ शसक्त र जनतामैत्री बन्छ, र उहाँजस्तै प्रतिबद्ध नेताहरूको संख्या दिनप्रतिदिन बढ्दै जान्छ।
    शुभकामना र सलाम अध्यक्षज्यू

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार