Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

इजिप्टबाट ल्याइन्छ कछुवाको खपेटा‍, भान्सामा मध्य अमेरिकी मसला

  • 436
    SHARES
  • 436 Shares
  • काठमाडौं । कफी पिउँदा कहिले तपाईंलाई लागेको छ, त्यो कहाँबाट आएको होला रु अथवा तपाईंको घरमा फुलेको गुलाफको फूलले तपाईंको बगैँचामा पुग्नु पहिले कस्तो यात्रा तय गरेको थियो होला रु
    वास्तवमा यस्ता धेरै साधारण घरेलु सामानहरू छन्, जुन अत्यन्त असाधारण यात्रा तय गरेर समुद्र र महादेशहरू पार गरेर तपाईंसम्म पुगेका हुन्छन् । अफ्रिकन गुलाफका डाँठदेखि मध्य अमेरिकी मसलासम्म नेपालको आयात डालो तपाईंले सोचेकोभन्दा यति ठूलो छ कि तपाईंलाई आश्चर्य र असामान्य नै लाग्न सक्छ ।

    आर्थिक वर्ष २०८१र८२ मा नेपालले १८ खर्ब चार अर्ब १२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको सामान १६४ वटा देशहरूबाट आयात गरेको छ, कतिपय भौगोलिक रूपमा निकै टाढा र कतिपय नेपालीहरूले आमरूपमा नामै नसुनेका मुलुकहरूबाट ।

    नेपालको मुख्य आयात छिमेकी मुलुक भारत र चीनबाट हुन्छ, तर कतिपय यस्ता सामान, कछुवाको खोटा, व्हेल बोन, तर्बुजाको बिउ वा सुकेको केराउलगायत छन्, जुन सुन्दा अचम्म लाग्छन् र ती आउँछन् – युगान्डा, निकारागुवा, मोल्दोभा, इजिप्ट र मोरक्कोजस्ता अफ्रिकी देशहरूबाट ।

    उत्तर अफ्रिकी राष्ट्र इजिप्टबाट नेपालले एक आर्थिक वर्षमा आयात गरेको २५ करोड ४६ लाख ६६ हजार रुपैयाँको सामानमध्येमा कछुवाको खपेटा र ह्वेल बोन पनि छन् ।बुल्गेरियाबाट आएको १३ करोड २१ लाख ९ हजार रुपैयाँ बराबरको सामानमा धनियाँको बिउ, सख्खर, फर्निचर सामग्रीलगायतका सामग्रीहरू पर्छन् । माछा, कफीलगायतका अन्य सामग्रीहरूको आयात ब्रुनाइबाट एक अर्ब ८२ करोड ५६ लाख ९३ हजार रुपैयाँको बराबर छ ।

    अनि दक्षिण पूर्वी अफ्रिकामा रहेको मुलुक युगान्डाबाट एक वर्षमा ९ करोड ४१ लाख ७४ हजार रुपैयाँको जरा नभएको बोटबिरुवाका हाँगाहरू, जस्तै – गुलाफको डाँठ, फलफूल ल्याइएको भन्सारको विभागको तथ्यांक छ । गुलाफको डाँठलाई बिउको रुपमा प्रयोग गरिन्छ ।

    गत आर्थिक वर्षमा मडागास्करबाट ६ करोड ६२ लाख ५६ हजार रुपैँया बराबरको सुकेको सिमीको गेडालगायतका सामग्रीहरू नेपाल भित्रिएको थियो । मध्य अमेरिकाको ग्वाटेमालाबाट अलैंची र मसला आउँछ नेपालमा । यस्ता आयातले नेपालको उत्पादन र आयातमा रहेको ठूलो अन्तरलाई उजागर गर्छ । नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य सामग्रीहरू निरन्तर बाहिरबाट आयात गर्नुपरेको छ ।

    आव २०८१र८२ मा नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले नेपाल अलैँची निर्यातमा आत्मनिर्भर बन्दै गइरहेको देखाए पनि बाहिरी देशबाट अलैँची भित्र्याउन भने छोडिएको छैन । आव २०८१र८२ को तथ्यांक हेर्दा मध्यअमेरिका देश ग्वाटेमालाबाट नेपालले ३९ करोड ७५ लाख १९ हजार रुपैयाँको अलैँची, सुकमेल र अन्य मसलाहरू ल्याएको छ ।

    भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौला धनियाँको बिउ नेपालमा उत्पादन नहुने भएकाले बाहिरी देशबाट मगाउने गरेको बताउँछन् । ‘नेपालले कतिपय सामग्रीहरूको कच्चा पदार्थ प्रशोधन गरेर फेरि अन्य मुलुक पठाउने गर्छ,’ उनले भने । उनका अनुसार भन्सारसँग तथ्यांक मात्र हुन्छ । व्यवसायीहरूले नै ल्याउने र लाने भएकाले सरकारी पक्षले हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ छ । ‘महँगो परे पनि सस्तो परे पनि व्यवसायीले नै व्यहोर्छन् । फेरि त्यो नेपालमा प्रयोग नहुन पनि सक्छ, बाहिर पठाउने सामान होला । फाइदा हुन्छ होला र मार्केटमा त्यस्तै सामानहरूको माग भएर नै होला त्यतिका टाढाका देशहरूबाट सामान मगाएको,’ निर्देशक बर्तौलाले भने ।

    अर्थविद् डा। डिल्लीराज खनाल भने आयात(निर्यात सामान्य कुरा भए पनि नेपालको अति आयातमुखी प्रवृत्ति र निर्यात प्रतिस्थापनका लागि भएको एकदमै कम प्रयास चिन्ताजनक रहेको बताउँछन् । ‘यो देशमा कुरा एउटा काम भने अर्कै हुन्छ, भइरहेको छ,’ उनी भन्छन्, ‘हो सबै समान नेपाल मै उत्पादन नहोलान्, र ती आयात गर्नुपर्ने नै होला, तर यस्ता वस्तु पनि आयात भइरहेका छन् जुन नेपालमै उत्पादन गर्न सकिन्छ ।’

    उत्पादनउन्मुख अर्थतन्त्रमा सबैले जोड दिनुपर्ने भन्दै उनी थप्छन्, ‘नेपाल कृषिप्रधान देश हो तर कृर्षिजन्य सामग्रीहरू अन्य देशबाट आयात भै रहेको छ । नेपालमै उत्पादन गर्न सकिने चीजहरू पनि बाहिरबाट ल्याउनुपरेको छ ।‘ आत्मनिर्भर अर्थतन्त्रको नारा नेपालमा जुनसुकै सरकारले लगाए पनि तथ्यांकले नेपाल परनिर्भरतामा बाँचेको देखाउँछ ।

    पछिल्लो पाँच वर्षकै तथ्यांक हेर्ने हो भने पनि नेपालले बर्सेनि खर्बौंमा व्यापार घाटा व्यहोरेको छ । व्यापार घाटा भनेको कुनै देशले आयात गरेको वस्तु तथा सेवाको मूल्य निर्यात गरेको भन्दा धेरै भएको अवस्था हो ।

    भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७र७८ मा नेपालले १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो भने आव २०७८र७९ मा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ, आव २०७९र८० मा १४ खर्ब ५४ अर्ब ५९ कारेड १० लाख ७४ हजार रुपैयाँ, आव २०८०र८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ र आव २०८१र८२ मा १५ खर्ब २७ अर्ब ९ करोड २५ लाख ३० हजार रुपैयाँ बराबरको व्यापार घाटा नेपालले व्यहोरेको छ ।
    बर्सेनि व्यापार घाटा खर्बौंमा व्यहोर्दै आएको नेपालमा भने विभिन्न सरकारहरूले सांख्यकीय भ्रम छर्ने काम गरेकै छन् ।

    यसवर्ष पनि निर्यातले कीर्तिमान राख्यो भनेर प्रधानमन्त्री केपी शर्मा ओली नै गलत आधा तथ्यांक प्रस्तुत गर्दै मिथ्या सूचना प्रसारित गरे । निर्यातले कीर्तिमान राखेको विषय आंशिक सत्य मात्र किन हो भने, त्यसको अधिकांश हिस्सा खाने तेलको थियो, जुन नेपालले आफैँ उत्पादन ठूलो मात्रामा गर्दैन ।

    भटमासको तेल, सूर्यमुखी तेल र पाम तेलको कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर निर्यात गरेको हुनाले निर्यातको मात्र ठूलो देखिएको हो । पूर्व अर्थसचिव तथा अर्थशास्त्री रामेश्वर खनाल नेपालमा कतिपय कृषिजन्य सामग्री उत्पादन गर्नका लागि स्रोत साधनको अभाव रहेको बताउँछन् । ‘नेपालमा यसै पनि कृषिमा लगानी कम छ, लगानी गरे पनि सुनिश्चितताको वातावरण छैन । कृषि उत्पादनका लागि काम गर्न खुलेका संस्थाहरू अपेक्षित काम गर्न सक्दैनन्,’ उनले भने ।

    कृषिजन्य सामग्रीको उत्पादन वृद्धि हुन नसक्नु नेपालमा चिन्ताको विषय किन रहेको छ भने नेपाल आफैँमा कृषिप्रधान मुलुक हो, जहाँ ६६ प्रतिशत जनसंख्या कृषिमा आधारित छ । परम्परागत रूपमा गरिने कृषिले उत्पादन निर्यातका लागि पर्याप्त छैन, कृषिमा यान्त्रिकीकरण, सिचाइँको असुविधाले गर्दा आकाशे पानीको भरमा पर्नुपर्ने बाध्यता आदिले पनि कृषिजन्य उत्पादनका लागि वातावरण तयार हुन सकेको छैन ।

    पूर्वसचिव खनालका अनुसार उत्पादनतर्फ काम गर्न नसक्नुमा सरकारी पक्षकै कमजोरी रहेको छ । ‘सरकारी पक्षले नै काम गर्न सकेको छैन । निजी क्षेत्रले त सकेसम्म प्रयास गरेकै छ । उत्पादनमा होस् या अन्य क्षेत्रमा निजी क्षेत्रको कोसिस राम्रो छ । तर, उनीहरूलाई काम गर्ने वातावरण पनि दिनुपर्‍यो नि १,’ खनाल भन्छन्, ‘कहिले हदबन्दी भनेको छ, जग्गा प्राप्तिमा समस्या छ । निजी क्षेत्र र सरकारबीच समन्वयको कमी छ ।’

    ठूलो अलैँची, चिया ९विशेषगरी ओर्थोडक्स०, कफी, दाल ९दलहन०, तरकारी आदि सम्भावना बोकेका कृषिजन्य वस्तु हुन्, जुन नेपालले निर्यात गर्न सक्छ । तर, यो विषय वर्षौंदेखि कागजी कुरा मात्र भएका छन् ।

    नीतिगत रूपमा नै केही कामहरू तुरुन्तै गर्नुपर्ने आवश्यक विज्ञहरू औँल्याउँछन्, जस्तै – अग्रो(प्रोसेसिंग जोनको विकास, सड्ने गल्ने वस्तुहरूका लागि कोल्ड स्टोरहरूको निर्माण, निर्यात प्रमाणीकरणलाई बलियो बनाउने, ब्राण्डिङ्ग ९जस्तै हिमालयन जडिबुटी, नेपाली चिया०, आदि । कृषि उत्पादन र निर्यातमा ठोस सुधार गर्न सकिएन भने, आत्मनिर्भर अर्थतन्त्र भन्ने सपना भाषणमै सीमित रहने उनीहरूको तर्क छ । रणनीतिक लगानी, साझेदारी र दीर्घकालीन सोचमा विज्ञहरूको मतैक्य छ ।

    ‘भाषणले मात्र देश बन्दैन, देश बनाउन उत्पादन र निर्यातमा जोड दिनुपर्छ । पूर्वको इलामदेखि पश्चिमको डडेलधुरासम्म खुलेका कृर्षि फार्महरू काम गर्न नसक्ने अवस्थामा छन्,’ पूर्व अर्थसचिव तथा अर्थशास्त्री खनाल भन्छन्, ‘यस्ता विषयमा सरकारले ध्यान दिनु आवश्यक छ ।’
    पुजा माझी

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार