Oct 28 2026 | २०८३, कार्तिक १२ गते

Oct 28 2026 | २०८३, कार्तिक १२ गते

व्यास नगरपालिकाद्वारा बाढी पहिरो र हावाहुरीबाट क्षति भएकालाई रु.६० लाख राहत सहयोग

  • 772
    SHARES
  • 772 Shares
  • जनचाहना न्यूज
    तनहुँ १९ साउन 
    आर्थिक बर्ष ०८१÷०८२ मा व्यास नगरपालिका कार्यालयबाट बाढी पहिरो र हावाहुरीबाट क्षति भएकालाई रु.६० लाख तेह्र हजार राहत सहयोग गरेको छ । हावाहुरीबाट चार सय ७५ घरधुरीलाई रु.एकचालिस लाख २७ हजार र बाढी पहिरोबाट क्षति भएका एक सय ८६ घरपरिवारलाई रु.अठ्ठार लाख ८६ हजार आर्थिक सहयोग गरेको हो । 
    बाढी पहिरोबाट क्षति भएका खानेपानी, कुलो र सडक संरक्षणमा दुई सय २४ थान तारजाली समेत वितरण गरिएको योजना शाखा प्रमुख भेषराज तिवारीले जानकारी दिनुभयो ।
    विपद् घर सम्बन्धी २०७७ देखि हालसम्म एक सय पच्चीस लाभग्राही कायम भएकामध्ये सम्झौता ६२ जनाले गरेका छन्,उहाँले भन्नुभयो “सोह्र वटा घर सम्पन्न भइसकेको छ,पहिलो किस्ता ४७,दोस्रो किस्ता २० र तेस्रो किस्ता १६, घरपरिवारले लगेका छन् ।”
    व्यास नगरपालिका सुरक्षित आवास अन्तर्गत विपन्न घर परिवारलाई चालु आर्थिक बर्षमा पचपन्न घरधुरीलाई ५० हजारका दरले रु.सत्ताइस लाख पचास हजार सहयोग प्रदान गरेको   छ ।  त्यसैगरी भवन नियमन तथा घर नक्सा पास शाखाका अनुसार व्यास नगरपालिकामा दुई सय ६५ घर निर्माण गरिएको जनाएको छ । 
    डिपीसी दुई सय ७२,नक्सा पास दुई सय १९,घर अभिलेखीकरण ३३,नक्सा नामसारी एक सय ९२,नक्सा नविकरण ६२,घर अभिलेखीकरण कायम दर्ता ४७ र अन्य एक सय ६१ रहेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार