काठमाडौं ११ कार्तिक
नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको हो ।
पोखराका लागि अर्जुन घर्तीले ४० रन बनाए । उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे ।
ओपनर मेहदी हसनले ३२ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरेका थिए । कप्तान कुशल भुर्तेलले २१ रन बनाए । साकिब अल हसनले १४ र धनन्जय लक्ष्मणले ११ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले तीन विकेट लिँदा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्लेइनले एक–एक सफलता हात पारे । न्यूज पोलरबाट