Oct 27 2026 | २०८३, कार्तिक ११ गते

Oct 27 2026 | २०८३, कार्तिक ११ गते

दमौलीसहित तनहुँका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

  • 765
    SHARES
  • 765 Shares
  • जनचाहना न्यूज
    तनहुँ ९ असोज 
    जिल्ला प्रहरी कार्यालय तनहुँले पृथ्वीराजमार्गअन्तर्गत दमौलीसहित जिल्लाका छ स्थानमा यात्रु सहायता कक्षा स्थापना गरेको छ ।  लामो तथा छोटो दूरीमा जाने यात्रुका लागि सहयोग गर्न सहायता कक्ष स्थापना गरेको हो । जिल्लाको पूर्वी नाका आँबुखैरेनीको पुल नजिक, बन्दीपुरको डुम्रे बजार, दमौलीको भेटघाट र शुक्लागण्डकीको बेलचौतारामा सहायता कक्ष स्थापना गरिएको तनहुँका प्रहरी निरीक्षक आशिष बिकले जानकारी दिनुभयो । 
    उहाँका अनुसार व्यास–४ ट्राफिक चोक,शुक्लागण्डकी–४ बेलचौतारा,आँबुखैरेनी–३ आँबुखैरेनी चोक,भिमाद–७ भिमाद बजार,बन्दिपुर–४ डुम्रे बजार र भानु–९ पुर्कोटमा स्थापना गरिएको    छ । 
    आवश्यकताअनुरुप जिल्लाको अन्य शाखा सडकमा समेत नागरिक सहायता कक्ष स्थापना गर्ने योजना रहेको उनले बताए। प्रहरीले हरेक दिन पृथ्वीराजमार्ग र ग्रामीण सडकखण्डमा सडक सुरक्षा जाँचको व्यवस्था मिलाएको जनाएको छ।  
    चाडपर्वका समयमा हुनसक्ने चोरी, डकैती, कालोबजारी, जुवातास, पटक पड्काउने जस्ता कार्यलाई निरुत्साहित गर्न प्रहरीले पहलकदमी थालेको छ ।
    चाडपर्व ढुक्कले मनाउनुहोस्, साथमा प्रहरी छँदैछ भन्ने मूल मन्त्रका साथ प्रहरीले नागरिकको सुरक्षाका लागि अहोरात्र खट्ने हुँदा ढुक्क भएर चाडपर्व मनाउन आग्रह गरेको छ । 
    चाडपर्वका समयमा प्रहरीले गस्तीलाई निरन्तरता दिँदा हुनसक्ने आपराधिक क्रियाकलापका घटनामा न्यूनीकरण आउने विश्वास गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार