दमौली ११ कार्तिक
गण्डकी प्रदेश सरकार, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जिल्लाका तीन फरक स्थानमा स्थायी परिवार नियोजन सम्बन्धी विशेष शिविर सञ्चालन गर्ने भएको छ। कार्यालयका प्रमुख अमर दवाडीका अनुसार सुनौलो परिवार नेपाल ९मेरी स्टोप्स० को प्राविधिक सहयोगमा भ्यासेक्टोमी ९पुरुष बन्ध्याकरण० तथा मिनिल्याप ९महिला बन्ध्याकरण० शिविर सञ्चालन गर्न लागिएको हो। शिविरमा स्थायी विधिका साथै लामो अवधिको अस्थायी साधनहरु आइयूसीडी, इम्प्लान्ट र सुरक्षित गर्भपतन सेवा समेत निःशुल्क उपलब्ध हुनेछ।
आगामी कात्तिक महिनामा शिविर सञ्चालन हुनेछ। कात्तिक ११ गते डुम्रे प्रहरी चौकी नजिकै डुम्रे आधारभूत अस्पतालमा शिविर संचालन गरिने छ । शुक्लागण्डकीमा कात्तिक १३ गते खैरेनीटार स्वास्थ्य चौकीमा र अन्तिम शिविर कात्तिक १५ गते प्रदेश अस्पताल दमौलीमा सञ्चालन हुने प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका ससचना अधिकारी सुदिप कँडेलले जानकारी दिनुभयो ।
कार्यालयले सन्तानको चाहना पूरा भइसकेका २० वर्ष माथिका इच्छुक दम्पतीहरुलाई तोकिएको मिति र स्थानमा नागरिकताको प्रमाणपत्र सहित उपस्थित भई सेवा लिन आह्वान गरेको छ। विशेष गरी मिनिल्याप सेवा लिन आउने महिलाहरुले खाली पेट आउनुपर्ने कार्यालयले जनाएको छ। उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरुको टोलीले सेवा प्रदान गर्ने बताइएको छ । ्र
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij