Oct 27 2026 | २०८३, कार्तिक ११ गते

Oct 27 2026 | २०८३, कार्तिक ११ गते

मानपुर–डेढगाउँको १२ किमि सडक कालोपत्रे सकियो

  • 772
    SHARES
  • 772 Shares
  • तनहुँ ४ भदौ
    बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत सडक कालोपत्र गरिएको छ ।  मानपुर– डेडगाउँ सडकको १२ किमि र शालिग्राम करिडोर अन्र्तगत १० किमी सडक कालोपत्रे गरिएको हो । दुवै सडक गण्डकी प्रदेशका गौरवका आयोजना हुन् ।  देवघाट–भतेरी खण्डमा भने निर्माण जारी छ । यो सडकका निम्ति कूल रु ४१ करोड ५२ लाख ४१ हजार विनियोजन भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार रु २६ करोड एक लाख ५७ हजारको लागतमा मानपुर–डेढगाउँ सडक कालोपत्र भएको हो । शालिग्राम करिडोरमा रु १७ करोड ६९ लाख खर्च भएको छ । 
    आर्थिक वर्ष २०८१र०८२ मा जिल्लाका विभिन्न स्थानमा ३८ किलोमिटर सडक कालोपत्र गरिएको छ भने चालु आवमा ४५ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको प्रमुख तिवारीले बताउनुभयो । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार