Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अफ्रिकामा सैन्य हेलिकोप्टर दुर्घटना ः दुई मन्त्रीसहित ८ जनाको मृत्यु

  • 273
    SHARES
  • 273 Shares
  • एजेन्सी २२ सायन
    अफ्रिकी मुलुक घानामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ । दुर्घटना घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुघर्टनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित पाँच यात्रुको मृत्यु भएको हो । 
    हेलिकोप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य रहेको बताइएको छ । 
    मृत्यु हुनेहरुमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मुहम्मद मुनिरु लिमुना, नेशनल डेमोक्रेटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, सांसदका उम्मेदवार सामुएल अबोआग्ये रहेका छन् । 
    यस्तै, तीन जना चालक दलका सदस्यहरूमा स्क्वाड्रन लिडर पिटर बाफेमी अनाला, फ्लाइङ अफिसर मालिन ट्वुम–अम्पाडु र सर्जेन्ट एर्नेस्ट एडो मेन्साह रहेका छन् ।  राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रपति कार्यालयले झण्डा आधा झुकाउन भनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार