Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अफगानिस्तानमा मध्यराति ६ दशमलव म्याग्नुच्यूडको भूकम्प, कम्तिमा २० जनाको मृ* त्यु

  • 360
    SHARES
  • 360 Shares
  • एजेन्सी
    अफगानिस्तानमा गएराति आएको शक्तिशाली भूकम्पमा कम्तिमा २० जनाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार मध्येराति ११ बजर ४७ मिनेटमा ६ दशमलव ० म्याग्नुच्यूडको भूकम्प गएको हो । 
    भूकम्पमा १ सय १५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । घाइतेहरूको नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा उपचार भइरहेको छ । ८ किमि ९५ माइल० गहिराइको भूकम्पपछि कम्तिमा तीनवटा पराकम्पन आएका छन्, जसको तीव्रता ४।५ देखि ५।२ सम्म रहेको छ।  एएफपीका अनुसार, केही सेकेन्डसम्म भूकम्पले अफगानिस्तानको राजधानी काबुल ९करिब २०० किमि टाढा० र पाकिस्तानको राजधानी इस्लामाबाद ९करिब ४०० किमि टाढा० समेत हल्लाएको थियो ।
    प्रभावित प्रान्तहरू दुर्गम र कठोर भूभाग भएकोले मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ । ती क्षेत्रका घरहरू सामान्यतयास् भूकम्प प्रतिरोधी छैनन् । 
    तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार कार्यका लागि सहायता संगठनहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
    बाढी र भूकम्पपछि आएका पहिरोका कारण प्रभावित क्षेत्रमा जाने सडकहरू बन्द रहेका कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई जानकारी दिएका छन् । 
    उनका अनुसार, उद्धार कार्य हवाई मार्गमार्फत मात्र गर्न सकिने अवस्था छ । तालिबान अधिकारीहरूले आफ्ना स्रोत सीमित भएको भन्दै प्रभावित क्षेत्रमा पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई हेलिकोप्टर उपलब्ध गराउन आग्रह गरेका छन् । 
    भूकम्पको निगरानी गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षण ९यूएसजीसी० ले यो भूकम्पमा सयौँ मानिसको मृत्यु हुन सक्ने अनुमान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार