Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

इन्डोनेसियाको राजधानी जकार्तामा भी**षण आग,,लागी, महिलासहित २२ जनाको मृ ,त्यु

  • 426
    SHARES
  • 426 Shares
  • जकार्ता २३ मंसिर
    इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । 
    प्रहरीका अनुसार,आगो पहिलो तलामा विस्फोट भएको ड्रोनको ब्याट्रीबाट सुरु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ, जसले माथिल्ला तलाहरूमा फैलियो । 
    सेंट्रल जकार्ता प्रहरी प्रमुख सुसात्यो पुर्नोमो कोंद्रोले पत्रकारहरूसँग भन्नुभयो,“आगलागीको सही कारण फोरेंसिक प्रयोगशालाले अझै अनुसन्धान गरिरहेको छ । हामी यस घटनाको पूर्ण रूपमा अनुसन्धानमा प्रतिबद्ध छौं ।”
    एक साक्षीले बताए अनुसार आगो खाना खाने समयमा सुरू भएको थियो र दमकल टोली पुग्दा आगो पहिले नै ठूलो भएको थियो । ५३ वर्षीया नुरहायतीले भन्नुभयो,“ढोका बन्द थियो । आगो पहिले नै ठूलो र भयावह देखिन्थ्यो ।”
    प्रहरीले प्रारम्भिक मृत्यु सङ्ख्या १७ बाट अपडेट गर्दै २२ जनाको मृत्यु पुष्टि गरेको छ, जसमा १५ जना महिला छन् । तीमध्ये एक महिला गर्भवती रहेको बताइएको छ । 
    जकार्ता दमकल विभागले कम्तीमा १०० दमकलकर्मी र २९ वटा दमकल गाडी परिचालन गरेर आगो निभाएको थियो । प्रहरीका अनुसार भवन खाली गराउँदा स्थानीय एक प्रहरी कमाण्डर घाइते भएका छन् । 
    प्रहरी प्रमुखले बताए अनुसार दमकलकर्मीहरू अहिले भवन चिसो पार्न र केही तलाबाट बाक्लो धुवाँ हटाउनमा केन्द्रित छन् । “भवन पूर्ण रूपमा खाली भएपछि हामी फेरि खोजी गर्नेछौं,” उहाँले भन्नुभयो । 
    घटनास्थलमा हेर्दा अधिकांश मृतकहरूमा सम्भवतः धुवाँमा सास फेर्न नसक्दा मृत्यु भएको देखिन्छ । आगलागीमा क्षतिग्रस्त भवनको बाहिरी भाग कालो भएको छ र केही झ्याल फुटेका छन् । भवन कृषि ड्रोन सेवा कम्पनीले प्रयोग गर्दै आएको थियो । दमकलकर्मीहरूले ठूलो पङ्खा प्रयोग गरेर भवन चिसो पारेका थिए । प्रहरीले सबै साक्षी, व्यवसायी र भवन मालिकसँग सोधपुछ गर्दैछ । अनुसन्धानले आगलागी लापरबाहीका कारण भएको हो कि अन्य कुनै जिम्मेवार पक्षसँग सम्बन्धित छ भनी जाँच गर्नेछ । सन् २०२३ मा देशको पूर्वी भागमा निकल प्रशोधन कारखानामा विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । न्यूज पोलरबाट 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार