जनचाहना न्यूज
तनहुँ ५ पुस
सहकारीमा इमान्दारिताको खाँचो रहेको शनिबार यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले जोड दिए । व्यास नगरपालिका–१ भादगाउँ स्थित छाब्दी बाराही बचत तथा ऋण सहकारी संस्थाको शनिबार आयोजित १७ औं साधारण सभा एवं छैटौं अधिवेशनमा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानले सहकारी सञ्चालक र कर्मचारी बीच इमान्दारिता नभए सहकारीप्रति मानिसहरुको बिश्वासनीयता घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो,“सहकारीको बिश्वासनीयता माथि संकट पैदा भएको अवस्थामा संञ्चालक र कर्मचारी उत्तिकै जिम्मेवारी बन्नुपर्छ ।”
व्यास नगरपालिकाभित्र संचालित सहकारीहरुको नगरपालिकाले सक्रियपूर्वक अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।
सहकारीको विश्वासनीयको सबाल रहेको चर्चा गर्दै ठूला ठूला नेताहरु पनि सहकारी काण्डमा मुछिएका छन्,उहाँले भन्नुभयो “सहकारी संचालक इमान्दारिदा नहुँदा दमौली सहकारीले रु.चार करोडको हाराहारीमा डुबाएर भाग्यो ।”
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले सहकारीलाई सबल बनाउन वित्तिय अनुशासनको पालना गर्दै नेपाल सरकारको सहकारी ऐन अनुरुप अघि बढ्न आवश्यक रहेको औल्याउनुभयो ।
आदिकवि भानुभक्त क्याम्पस संचालक समितिका अध्यक्ष केश बहादुर सुनारले सहकारीको विधि,विधान तथा नीति र नियममा बाँधिएर सहकारी संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहकारी संस्थाका कार्यवाहक अध्यक्ष जनक काफ्ले,पूर्व अध्यक्ष ठाकुर प्रसाद दरै,आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खले,शेयर सदस्य सत्यप्रसाद खनाल,पार्वती थापा ओझा,भरत पन्थ लगायतका वक्ताहरुले सहकार्यका माध्यमबाट सहकारी संचालन गरिनुपर्नेमा जोड दिएका थिए । एक हजार एक सय ९८ जना शेयर सदस्य रहेको यस सहकारी संस्थाको अधिवेशनले आाज नै नयाँ नेतृत्व चयन गरेको छ ।
उक्त अधिवेशनबाट बुद्धि सागर साँखी अध्यक्ष पदमा सर्वसम्वत चयन भएका छन् । समितिको उपाध्यक्षमा जनक काफ्ले,सचिवमा भक्तराज न्यौपाने,कोषध्यक्ष्ँमा बुद्धिमान श्रेष्ठ,सहसचिवमा अभिमानसिं बस्नेत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा दुर्गाभक्त अधिकारी,शारदा बसौला,सावित्रा भुजेल,लालप्रसाद तिमिल्सेना,रामचन्द्र कार्की,किरण प्रसाद पन्थ चयन भएका छन् । लेखा समिति संयोजकमा सत्यप्रसाद खनाल,राजकुमार श्रेष्ठ र पार्वती थापा जोशी चयन भएका छन्् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij