Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले दमौलीमा ‘मिल्क एटिएम’ सञ्चालनको तयारी गर्दै

  • 185
    SHARES
  • 185 Shares
  • दमौली २२ साउन
    तनहुँमा मिल्क एटिएम’ सञ्चालन गरिने भएको छ । चालू आर्थिक वर्ष २०८३र०८४ को कार्यक्रम अनुसार उक्त कार्यक्रम गर्न लागिएको हो ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख रबिनसन अधिकारीका अनुसार दुग्ध सहकारीसँग सहकार्य गरेर एटिएमबाट पैसा निकाले जस्तै आँफूलाई आवश्यक पर्ने दूध एटिएममा पैसा राखेर दूध लैजान सकिने छ । कृषि विकास कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँको संयुक्त आयोजनामा बिहीबार आयोजित गत आर्थिक वर्ष २०८२÷८३ को प्रगति समीक्षा तथा चालु आर्थिक वर्ष २०८३÷८४ को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक कार्यक्रमको अवसरमा सो कुराको जानकारी गराइएको हो । 
        पशु स्वास्थ्य सेवा प्रवाहलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यसहित भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले रगत परीक्षण ९ब्लड टेस्ट०, भिडिओ एक्स–रे तथा हड्डीसम्बन्धी शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेशका ११ जिल्लामध्ये पशुहरूको ब्लड टेस्ट सेवा उपलब्ध गराउने पहिलो र ह ालसम्मको एकम ात्र कार्यालय तनहुँ रहेको कार्यालयले जनाएको छ । उहाँका अनुसार ब्लड टेस्ट सेवामार्फत पशुमा देखिने विभिन्न रोगको छिटो, वैज्ञानिक र विश्वसनीय रूपमा पहिचान गर्न सकिने भएकाले उपचार प्रक्रिया थप प्रभावकारी बनेको छ । यसअघि यस्ता परीक्षणका लागि किसानले अन्य जिल्ला धाउनुपर्ने अवस्था रहेकामा अब जिल्लामै सेवा उपलब्ध हुने भएको छ । कार्यालयले पशुहरूको हड्डीसम्बन्धी शल्यक्रिया सेवा पनि सुरु गरेको छ । दुर्घटना वा अन्य कारणले हड्डी भाँचिएका तथा जोर्नीसम्बन्धी समस्या भएका पशुहरूको जिल्लामै शल्यक्रिया गरी उपचार गर्न सकिने व्यवस्था मिलाइएको प्रमुख अधिकारीले बताउनुभयो ।

    यसैगरी आधुनिक भिडिओ एक्स–रे सेवा सञ्चालनमा आएपछि पशुको आन्तरिक अवस्थाको स्पष्ट परीक्षण गरी रोगको सही निदान र उपचार गर्न सहज भएको उनले जानकारी दिनुभयो । यी सेवाबाट तनहु ँका मात्रै नभई गण्डकी प्रदेशका अन्य जिल्लाका पशुपालक किसानले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ । कार्यक्रममा कार्यालयले आर्थिक वर्ष २०८३÷८४ का लागि नयाँ योजनासमेत सार्वजनिक गरेको छ। त्यसअन्तर्गत परीक्षणका रूपमा ‘मिल्क एटिएम’ सञ्चालन गरिने भएको छ । दूध सहकारीमार्फत सञ्चालन गरिने यस प्रणालीमा उपभोक्ताले एटिएमबाट नगद झिकेझैँ आवश्यक परिमाणमा दूध खरिद गर्न सक्ने व्यवस्था गरिने कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो । 

      कार्यक्रम सफल भए आगामी वर्ष अन्य स्थानमा समेत विस्तार गरिने योजना रहेको छ । यस्तै, कार्यक्रममा कृषि विकास कार्यालय तनहुँका प्रमुख परशुराम अधिकारीले चालु आर्थिक वर्षका कृषि विकाससम्बन्धी स्वीकृत कार्यक्रम सार्वजनिक गर्दै किसानमुखी, उत्पादनमुखी तथा प्रविधिमा आधारित कृषि प्रणालीलाई प्राथमिकता दिइएको बताउनुभयो । कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउँदै किसानको उत्पादन वृद्धि, आम्दानी अभिवृद्धि तथा व्यवसायीकरणमा जोड दिइने उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा गत आर्थिक वर्षका कार्यक्रमको समीक्षा गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी, प्रविधिमैत्री र किसानको पहुँचभित्र पु¥याउने प्रतिबद्धता व्यक्त गरिएको थियो । सहभागीहरूले आधुनिक पशु स्वास्थ्य सेवा विस्तारले पशुपालन व्यवसायलाई थप सुरक्षित, व्यावसायिक र उत्पादनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । 
    भञ्ज्याङबाट

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार