Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

यातायात व्यवस्था कार्यालय तनहुँद्वारा ६ महिनामा दश करोड बढी राजश्व संकलन

  • 434
    SHARES
  • 434 Shares
  • जनचाहना न्यूज
    तनहुँ १० माघ 
    यातायात व्यवस्था कार्यालय डुम्रे तनहुँले चालु आवको छ महिनाको अवधिमा दश करोड सत्र लाख ८७ हजार दुई सय असी राजस्व संकलन गरेको छ । 
    चालु आर्थिक बर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा उक्त राजश्व संकलन निमित्त कार्यालय प्रमुख गोपाल ओलीले जानकारी दिनुभयो ।  सवारी साधान करबाट सबै भन्दा धेरै रु.सात करोड ७० लाख ५६ हजार एक सय ५५, संकलन भएको छ । 
    त्यसैगरी सवारी चालक अनुमति पत्र बापत रु.एक करोड ६९ लाख ५८ हजार सात सय ५०,यातायात क्षेत्रको आम्दानी रु.अट्तीस लाख एकाउन्न हजार चार सय, सवारी आयकर रु.पैतिस लाख नब्बे हजार छ सय ७५ र अन्य प्रशासनिक सेवा शुल्कबाट रु.तीन लाख उन्तीस हजार तीन सय राजश्व संकलन भएको हो । निमित्त प्रमुख ओलीले भन्नुभयो “जेनजी आन्दोलनको प्रभावका कारण गत आर्थिक बर्षको तुलनामा यसबर्ष राजश्व संकलनमा केही कमि भएको छ । ”
    गण्डकी प्रदेश सरकारले साउनदेखि कार्तिक महिनासम्म नविकरण गर्न नआएका सेवाग्राहीलाई करमा छुट दिएका कारण सोचे अनुरुप राजश्व संकलन हुन नसकेको उहाँले बताउनुभयो । 
    कार्यालयका अनुसार गतबर्ष नौ हजार पाँच सय सवारी अनुमति पत्र आएकोमा २०२३ सम्मको ९० प्रतिशत वितरण गरिसकिएको छ भने दुई बर्षको लाइसेन्स छपाइ भएर नआएकाले वितरण नगरिएको हो । निमित्त प्रमुख ओलीले भन्नुभयो,प्रत्येक बर्ष पन्ध्र हजार बढी नयाँ सवारी अनुमति पत्र जारी हुने गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार