Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

इस्लामाबादमा ठूलो विष्फोट

  • 408
    SHARES
  • 408 Shares
  • काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादको तरलाई क्षेत्रमा रहेको इमाम बारगाहमा भएको विस्फोटमा धेरै जना घाइते भएका छन्। बीबीसी उर्दूका अनुसार केही व्यक्तिको मृत्यु भएको आशंका पनि गरिएको छ।

    इस्लामाबाद प्रहरीका प्रवक्ताले बीबीसी उर्दूका शहजाद मलिकलाई बताएअनुसार विस्फोट इमामबाडाको आँगनमा भएको थियो।

    उद्धार ११२२ सेवाका अनुसार घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने आईजी इस्लामाबादले शहरमा आपतकाल घोषणा गरेका छन्।

    तरलाईको इमाम बारगाह खादिजातुल कुबरामा विस्फोट भएको हो ।-डिसी नेपाल

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार