Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

एकिकृत सेवा कार्यालय तनहुँद्वारा छयालिस लाख राजश्व संकलन

  • 299
    SHARES
  • 299 Shares
  • जनचाहना न्यूज
    तनहुँ २६ माघ   
    एकिकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक बर्षको छ महिनाको अवधिमा रु.छयालीस लाख सात हजार चार सय राजश्व संकलन गरेको  छ । 
    कार्यालयका अनुसार आर्थिक बर्ष २०८२÷०८३ को साउन महिनादेखि पुस मसान्तसम्म उक्त राजश्व संकलन गरेको हो । 
    साउन महिनामा रु.सात लाख पन्ध्र हजार छ सय,भदौमा ७ लाख बाइस हजार नौसय,असोजमा सात लाख चालिस हजार आठ सय संकलन गरेको छ । 
    त्यसैगरी कार्तिकमा रु.सात लाख चौध हजार छ सय,मंसिरमा सात लाख ८८ हजार र पुसमा नौ लाख पच्चीस हजार पाँच सय संकलन भएको सो कार्यालयले जनाएको छ । 
    उक्त अवधिमा तीन सय पैतिस नयाँ उद्योग दर्ता भएको छ । उद्योग एक सय असी,वाणिज्य फर्म एक सय त्रिपन्न र पर्यटनतर्फ दुई वटा दर्ता भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिनुभयो । 
    उहाँका अनुसार उद्योगतर्फ एक सय असी,वाणिज्य फर्मतर्फ एक सय त्रिपन्न र पर्यटनतर्फ दुई वटा दर्ता गरिएको छ । 
    उहाँँले भन्नुभयो,“उद्योगतर्फ एक हजार तेइस नविकरण र वाणिज्यतर्फ नौ सय अठासी नविकरण भएका छन् ।” 
    त्यसैगरी,उद्योगतर्फ एक सय आठ वटाको लगत कट्टा र एकासी वटाको संशोधन गरिएको छ भने वाणिज्यतर्फ एक सय आठ वटाको लगत कट्टा र त्रियासी वटाको संशोधन गरिएको छ ।” 
     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार