काठमाडौं । इरानले गरेको हमलामा परी युएईमा एक नेपाली नागरिकको निधन भएको छ।
इरानले गरेको मिसाइल आक्रमणबाट तीन जनाको मृत्यु भएकोमा एक जना नेपाली नागरिक रहेको युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ।
अन्य ज्यान गुमाउनेमा एक जना बंगलादेशी र अर्का पाकिस्तानी नागरिक रहेका छन्। तर, तीनै जना मृतकको पहिचान भने खुल्न सकेको छैन।
अन्य ५८ जना सामान्य घाइते रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। घाइते हुनेहरूमा भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगाण्डा, इमिरात, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, लेबनान, अफगानिस्तानलगायतका नागरिकहरू छन्।
युएईमा नेपाली नागरिकको मृत्यु भएको विषयमा आफूहरूले पनि संचारमाध्यमबाट जानकारी थाहा पाएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।
साथै इरानी ड्रोनहरूमध्ये ५०६ वटा खसालेको र ३५ वटा भने देशमा विभिन्न ठाउँमा खसेर क्षति भएको जनाइएको छ।-डिसी नेपाल
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij