जनचाहना न्यूज
दमौली ३ चैत्र
तनहुँको भानु नगरपालिकाले किसानलाई दुधमा प्रति लिटर ५ रुपैंया अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८२र०८३ को स्वीकृत कार्यक्रम अनुसार नगरपालिका भित्रका दुग्ध उत्पादन गर्ने किसानका लागि उत्पादनका आधारमा प्रति लिटर ५ रुपैयाँ अनुदान दिन लागिएको हो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीका अनुसार उत्पादनमा आधारित अनुदान कार्यक्रमले कृषकलाई हौसला बढ्ने हुँदा उत्पादन धेरै हुने भन्दै नगरपालिकालाई दूध, माछामासु र अण्डामा आत्मनिर्भर बनाउन समेत यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुहुन्छ । अनुदानको लागि भानु नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले यहि चैत्र २ गते प्रस्ताव आव्हान गरेको छ । दुग्ध उत्पादन गर्ने संस्था वा दुग्ध कारोबार गर्ने सहकारीले १५ दिन भित्र आवश्यक कागजात बुझाउन समेत नगरपालिकाले अनुरोध गरेको छ ।